डडेलधुरा बस दुर्घटनाः शोकमा डुब्यो शिखर नगरपालिका
डोटी, ८ मंसिर । शिखर नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनाले सिङ्गो नगरलाई मर्माहित बनाएको जनाएको छ । नगर प्रमुख सिताराम जोशीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘अकल्पनीय एवं अत्यन्तै दुःखद् घटनामा परी यस शिखर नगरपालिकाका बिभिन्न वडाका होनहार युवाहरुले ज्यान गुमाउँदा यस नगरपालिकालाई अपुरणीय क्षति भएको छ ।
वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
यस्तै साविकको नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार भएका शेरबहादुर मल्लले पनि शोक बिज्ञप्ती जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने बताएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया