बिर अस्पतालमा उपचारत घाइतेको निशुल्क ब्यवस्था गर्न पहल गर्ने पुर्व मन्त्री बलायरको प्रतिबद्धता
कार्तीक ८ डोटी, वीर अस्पताल काठमाडौंमा उपचाररत घाइतेहरुलाइ निशुल्क स्वास्थ उपचारको ब्यवस्था गर्न पहल गर्ने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विरबहादुर बलायरले प्रतिबद्धता जनाउनु भएको छ।
डडेल्धुरा बस दुर्घटनामा परी वीर अस्पतालमा उपचार गराइ रहेका ७ जना घाइतेहरुलाइ पुर्ब मन्त्री समेत रहेका बलायरले शुक्रबार भेटेर निशुल्क उपचारको ब्यवस्था गर्न सरकार र पार्टीसङ्ग कुरा गरिरहेको समेत बताउनु भयो । थप उपचारका लागी काठमाण्डौ लगीएका घाइतेका आफन्तलाइ समेत केहि आर्थीक सहयोग गरेको समेत मन्त्री बलायरले बताउनु भयो ।
आफु समाज सेवी प्राणी भएकाे र यहि समाजमा जन्मेर हुर्केका कारण मानवीय भावनाले बिर अस्पतालमा उपचाररत गम्भीर घाइतेको उपचारमा सबै निशुल्कको ब्यवस्था गर्न पार्टी सभापति शेर बहादुर देउवा सङ्ग समेत कुरा गरि रहेको पुर्व मन्त्री बलायरले जानकारी दिनु भएको छ ।
साथै उहाले बस दुर्घटनामा परी मृत्यु भएकाको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना साथै घाइतेहरुको तत्काल उपचार लागि सरकार सङ्ग जोडदार माग समेत गर्नु भएको छ । मंसिर ६ गते भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया