धनगढीमा हरेक शनिबार ध्यान साधना शिविर आयोजना हुने (भिडियो सहित)
धनगढी । ओशोधारा संघ नेपालको, धनगढी ध्यान केन्द्रले साप्ताहिक रुपमा ध्यान सत्संग गर्ने अभियान थालन गरेको छ । ओशोको मार्ग र उनका उपदेश सहित हरेक हप्ता साधाना शिविर हुँदै आएको छ ।

साताको हरेक शनिबार धनगढीमा उक्त साधाना शिविर हुने बताईएको छ । शिविरमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु हुने गरेको छ ।
ओशो ध्यान साधना शिविरमा, ओशोका प्रवचन, ध्यान, योग, कृतन र सत्संग लगाएतका गतिविधि हुने समेत बताईएको छ । ओशोधारा संघ नेपाल, सुदूरपश्चिम प्रदेश, धनगढी ध्यान केन्द्रले आयोजना गर्ने यस्ता विभिन्न गतिविधिमा सहभागी भई जीवन जीउने ज्ञानलार्इ साथि बनाएर लाभ लिन समेत ओशोधारा संघ नेपालका सल्लाहकार उमीद बागचन्दले सबैलाई आग्रह गरेका छन् ।

शारिरीक तथा मानसिक तनाब, हताश र विशादको कारणले दिनहु बिग्रिदै गएको हाम्रो स्वास्थ्य प्रति जागरुक रहन र नेपाली समाजलाई योग, ध्यान साधनाका माध्यमबाट जोडी एक असल साधक तथा असल व्यक्तित्व निर्माणमा यो कार्यक्रमले टेवा पुग्ने बताईएको छ । आफ्नो ब्यस्त जीवन शैलीमा ध्यान, योग र संत्सगलाई अपनाउदै कसरी खुशी जीवन जिउन सकिन्छ भन्ने कला शिविरबाट सिक्न पाईने ओशोधारा संघ नेपाल धनगढी ध्यान केन्द्र सचिवायका संयोजक प्रकाश जोशीले बताए ।

शनिबार भएको कार्यक्रममा बिपत्सनामा बिद्यवबारिधी गरेका डा.नेत्र आचार्यले ध्यान र जीवन जीउने शैलीका बारे अनुभव शेयरिगँ गरेका थिए भने, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आफ्ने अनुभव राख्दै सबैलार्इ धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा ओशोधारा संघ नेपालका आचार्य पवित्रनिलम निर्मला बागचन्द, निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख प्रेमराज भट्ट लगताएत अन्य साधक साधिकाहरुको सहभागि रहेका थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया