सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीमा साढे २० किमीभित्र खानेपानी पाइप विस्तार हुँदै, विद्युतको टुंगो लागेन

धनगढीः क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा निर्माण थालिएको सडकमा खोपानीका पाइप विस्तारको काम सुरु भएको छ। एसियाली विकास बैँक (एडीबी) को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाले धनगढीमा १० किलोमिटर सडक निर्माण गर्दैछ।

 

१० किलोमिटर सडक दायाँबायाँ खानेपानीका पाइप विस्तार योजनाअन्तर्गत काम सुरु भएको छ। २० दशमलव पाँच किलोमिटर खानेपानीको पाइप विस्तारका लागि ठेक्का सम्झौता गरिएको छ। लामो समयदेखि खानेपानीका पाइप विस्तार गर्नुपर्ने क्षेत्रमा विवाद थियो। विवाद समाधान भएपछि अहिले काम सुरु गरिएको हो।

 

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कालोपत्र गरिएको र गर्न बाँकी सडकको दुबैतिर खानेपानी पाइप विस्तारको काम सुरु भएको आयोजना कार्यालयले जनाएको छ। धनगढीको सहिदगेट–क्याम्पस गेट सडकमा पाइप विस्तारको काम थालिएको छ। सडकको नालीभन्दा बाहिरबाट खानेपानीको पाइप विस्तार गरिदैछ।

 

 

निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले खानेपानी पाइप विस्तारको काम सुरु भएको बताए। उनले भने, ‘खानेपानी पाइप विस्तारको काम सुरु भएको छ। सबै सडकमा खानेपानीका पाइप विस्तार गर्नेछौ।’ धनगढीमा सातवटै सडकको १० किलोमिटरभित्र सडक कालोपत्र, खानेपानीका पाइप विस्तार तथा विद्युत लाइन विस्तारको योजना छ।

क्षेत्रीय सहरी विकासले एक करोड ५० लाखमा १० किलोमिटर सडकको दुबैतिर पानेपानीका पाइप विस्तारको काम सुरु गरिसकेको आयोजना कार्यालयले जनाएको छ। धनगढीभित्र सात सडकको १० किलोमिटर कालोपत्र गर्न ६८ करोड ५ लाख ९८ हजारमा निर्माण सम्झौता गरिएको थियो। एक करोड ५० लाखको खानेपानीका पाइप विस्तारका लागि नयाँ सम्झौता गरिएको हो। धनगढीको मुख्य सडकमा विद्युत विस्तारको भने अझै टुङ्गो लागेको छैन।

विद्युतको समस्या समाधानका लागि चैत २८ गते छलफल रहेको  कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले बताए। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर सडक, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडकको दुबैतिर खानेपानीको पाइप विस्तार गरिनेछ। चार र पाँच इन्चका पाइपबाट उपभोक्ताको घर–घरमा धारा जडान गरिनेछ। दिनेश खबर

  • २४ चैत्र २०७९, शुक्रबार ०७:०६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU