सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वासमा नेपाल दलित मुक्तिमोर्चा कमिटी गठन-अध्यक्षमा मदन बिक चयन

धनबहादुर बिक, पुनर्वास । नेपाल दलित मुक्ति मोर्चा प्रथम नगर भेला पुनर्वास मा सम्पन्न भएको छ भेलाले मदन बिक को अध्यक्षतामा ३३ सदस्यीय दलित मुक्ति मोर्चा नगर कमिटी गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्ष द्वयमा हरिकृष्ण ताम्राकार र पुर्णिामा राई परियार रहेका छन भने सचिव मा रबिन्द्र नकर्मि बिक तथा सहसचिव मा दिपेन्द्र सुनार र भरत नेपाली चयन भएका छन त्यसतै कोषाध्यक्षमा गोमा रसाइली चयन भएकि छन ।
सम्पूर्ण उत्पिडित र दलित समुदाय एकजुट होऔं माक्सवाद – लेनिनवाद जिन्दावाद मुल नारा सहित नेपाल दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटी ले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल प्रमुख अतिथि रहेका थिए । भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लम्सालले अब फुटपाथे राजनितीले माओवादी पार्टी ले सफलता प्राप्ति गर्न असम्भव रहेको कुरामा जोड दिए , पार्टीको वडा देखि नगर अनि जिल्ला देखि केन्द्र सम्म संगठन निर्माणलाई तिब्रता दिनुपर्ने बिषयमा जोड दिंदै उनले माओवादी पार्टीको सफलता संगै सिङ्गो दलित बर्ग संघर्ष ले सफलता हासिल गर्ने जिकिर गरे ।
अझै पनि दलित समुदाय ढोका सम्म मात्रै पहुँच भएको टिप्पणी गर्दै दलित समुदाय ले परिवर्तन का लागि ढोकामा पुगेर सफल हुंदैन भान्छामा पुग्नै पर्ने साथै डाढुपन्यो को जिम्मेवारी लिनैपर्ने केन्द्रीय सदस्य लम्सालले विचार व्यक्त गरे । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य ओम प्रकाश पुन ले भेलालाई पार्टीको विचार सिद्धान्त तथा दलित आन्दोलन को महत्त्व का बिषयमा प्रशिक्षण दिंदै दलित बर्ग उत्थान का निमित्त सम्पूर्ण दलित एकजुट हुन जरुरी रहेको बताए ।
दलित बर्ग लाई दोहोरो चुनौती रहेको भन्दै एकातिर पार्टीको मुल सिद्धान्त , विचार मा आफुलाई समाहित गर्नुपर्ने चुनौती छ भने अर्कोतिर जातीय विभेद , छुवाछूत बिरूद्ध क्रान्ति गर्ने जिम्मेवारी बहन गर्नुपर्ने चुनौती रहेको छ । हिजोको सामन्तवादले हाम्रो गुमायर शोषण गरेको छ भने पछिल्लो समय पुञ्जीवाद बर्गले दलितलाई शोषण गरेको केन्द्रीय सदस्य पुनले प्रशिक्षण का क्रममा भने ।
कार्यक्रममा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सचिव सहबिर सुनारले १६५ संघिय निर्वाचन क्षेत्र मा पार्टी ले संगठन विस्तार गर्ने अभियान लाई तिब्रता दिएको छ । वठा कमिटी देखि नगर कमिटी , जिल्ला कमिटी हुँदै प्रदेश कमिटी विस्तार गर्दै छ र पार्टी सुदृढीकरण कै क्रममा पार्टी ले विभिन्न जनवर्गीय संगठन लाई विस्तार गर्ने अभियान मा सक्रिय भएको सुनारले जानकारी दिए ।
कार्यक्रममा माओवादी केन्द्रीय लेखा आयग सल्लाहकार सदस्य बिरबल बिस्वकर्मा , सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव रामबहादुर देवकर , प्रदेश कमिटी सदस्य दिपक बिसी , दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज विनिता वड , प्रदेश कमिटी सदस्य सीता बिक , प्रदेश कमिटी सल्लाहकार सदस्य पदम परियार , पुनर्वास नगर कमिटी अध्यक्ष धोखे राना लगायतको उपस्थिति रहेको थियो ।
दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटी अध्यक्ष मदन बिकको सभापतित्वमा भएको कार्यक्रम मा स्वागत नगर कमिटी सदस्य मान सिंह एस के ले गरेका थिए भने कार्यक्रम को सञ्चालन नगर कमिटी सचिव सुर्य बिकले गरेका थिए
  • १२ चैत्र २०७९, आईतवार १४:२८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU