सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निष्ट एलपिएलः हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध सेमीफाईनलमा

धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाईनलमा प्रवेश गरेका छन्। आजको खेलमा जित निकाल्दै दुवै टिमले अन्तिम ४ मा स्थान सुरक्षित बनाएका हुन्।

आईतवार भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमीले मोक्षदा स्कुल काठमाडौँमाथि ८२ रनको जित निकाल्यो। टस हारेर व्याटिङको निम्तो पाएको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो। उस्का लागि ब्याटिङमा रोशन साउद र शुशिल खड्काले ४६÷४६ रन बनाए भने ओपनर ब्याट्सम्यान हेमन्त कार्किले ३०, नरायण जोशिले १८ र हेमन्त धामिले १६ रन बनाए। बलिङतर्फ मोक्षदा स्कुल काठमाडाँैका सुबोध प्रशाद ढुङेलले ३, बिपिन खत्री र रोसन पुलामी मगरले समान १÷१ विकेट लिए।

१ सय ७९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्षदा स्कुल काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ८१ रन बनाउन सक्यो।

उस्का लागि ब्याटिङमा सन्दिप बिस्टले सर्वा्धिक ३४, रोशन पुलामी मगरले अविजित २५ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकेनन्। बलिङतर्फ लिटिल बुद्धका बिबेक यादव र रोचक ऐरले समान २÷२,  हेमन्त धामी र हेमन्त कार्किले समान १÷१ विकेट लिए। लिटिल बुद्धका हेमन्त कार्की म्यान अफ द म्याच भए।

यस्तै आइतबार सम्पन्न लिग चरण को अन्तिम खेलमा हिमालयन ह्वाईट हाउस स्कुल काठमाडौले कैलाली मोडल स्कुल माथि ११० रनको फराकिलो जित निकालेको छ। उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै फराकिलो जित निकालेको हिमालयन सेमिफाईनल प्रवेश गरेको छ भने पराजित भएको कैलाली मोडल प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको हिमालयन ह्वाईट हाउसले २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रन बनायो। हिमालयनको लागी ब्याटिङमा अङ्कित शुबेदिले ४३ बलमा १० चौका र २ छ्क्का सहित सर्वा्धिक ७६, फ्रिदोस अन्सारीले अविजित ३२, अ्मित यादवले १६ तथा रमेश भट्ट र सन्जय श्रेष्ठले समान १३÷१३ रनको योगदान दिए। बलिङतर्फ कैलाली मोडलका कैलाश खत्रीले ३ तथा अजय बिष्ट र सुबोध ऐरले समान १÷१ विकेट लिए।

हिमालयनले जितको लागी दिएको १८० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कैलाली मोडलले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ६९ रन बनाउन सकेको थियो। कैलाली मोडलको लागी ब्याटिङमा शुवास ऐरले मात्र दोहरो अङकको स्कोर बनाउन सकेका थिए। सुबोध ऐरले ११ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले अपेक्षित ब्याटिङ प्रदर्शन गर्न सकेनन।

हिमालयनका फ्रिदोस अन्सारी, अमृत सिह र सुशान्त सिहले समान २÷२ विकेट लिएका थिए। हिमालयनका अंकीत सुवेदी म्यान अफ द म्याच भए।

यसैबिच प्रतियोगिता अन्तर्गत लिग चरणको समीकरण पुरा भएको छ। लिग चरणमा सहभागी समुह बिजेता बन्दै सिद्धार्थ शिशु सदन कैलाली, लिटिल फ्लावर स्कुल धनगढी, लिटिल बुद्ध एकेडेमी कन्चनपुर र हिमालयन ह्वाईट हाउस सेमिफाइनल प्रवेश गरेका छ्न। प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरु मङ्सिर ३ गते हुनेछ्न भने फाईनल खेल अगामी ४ गते हुनेछ।

  • २ मंसिर २०७५, आईतवार १३:०९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU