सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लालझाडीमा खखडेहरा महोत्सव आयोजना गरिने

धनबहादुर बिक, लालझाडी । कञ्चनपुरको लालझाडीमा खखडेहरा महोत्सव आयोजना गरिने जनाइएको छ । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चले मंगलबार साँझ लालझाडी गाउँपालिकाको सभा हलमा पत्रकार सम्मेलन गर्दै फागुन ३० र चैत १ गतेका दिन लालझाडीकै नन्द गाउँको खेल मैदानमा खखडेहरा महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।

महोत्सवको माध्यमबाट कला, संस्कृतिको संरक्षण प्रवर्द्धनसँगै मनोरञ्जन प्रदान गर्नुका साथै विशेष गरी रानाथारु समुदायमा शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई सुधार गर्न प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष नारायण रानाको भनाइ छ । “अगर भविष्य बनान हए इच्छा, तओ आजस् देओ गुणस्तरीय औ नैतिक शिक्षा” भन्ने मूल नाराका साथ दोस्रो खखडेहरा महोत्सव २०७९ आयोजना गर्न लागिएको बताइएको छ ।

कार्यक्रममा हुने मुख्य गतिविधिहरूमा रानाथारु सांस्कृतिक झाँकी प्रदर्शन, विभिन्न कलाकारद्वारा नृत्य तथा गायन, सामाजिक कुरीति विरुद्ध जनचेतनामूलक नाटक प्रस्तुत, रानाथारू परिकार, स्थानीय व्यवसायका स्टल पसलहरू सञ्चालन, शैक्षिक / सामाजिक विकासका लागि नेतृत्वद्वारा प्रतिबद्धता राखिने जनाइएको छ ।

रानाथारू कला संस्कृतिको संरक्षण तथा खखडेहरा पर्व प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरणको सम्भावनाको खोजी, स्थानीय कलाकार र प्रतिभा पहिचानको अवसर, सांस्कृतिक पर्यटनको सम्भावनाको खोज, शैक्षिक विकासका लागि नेतृत्वलाई ध्यानाकर्षण, रानाथारू समुदायको मौलिक पर्वमा मनोरञ्जन प्रदान, युवाहरूलाई सामाजिक सचेतना तथा मनोबलको विकास शिक्षाको विकासका निम्ति व्याप्त विकृति विरुद्ध सचेतना फैलाई समुन्नत समुदायको खोजी आदि कार्यक्रमका अपेक्षित उपलब्धिहरू रहने आयोजकको दाबी छ ।

सुदूरपश्चिम प्रदेश सरकारले रानाथारू समुदायको मौलिक पर्व खखडेहरामा सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष प्रदेश सरकारको वार्षिक क्यालेन्डर अनुसार चैत १ गते सो पर्व परेको छ ।

सामाजिक मान्यता अनुसार खखडेहरा पर्वको मूल मर्म नै होरी औपचारिक बिदाइसँगै समाजमा रोग व्याधि महामारी लगायत प्रेत आत्माहरूलाई प्राचीन मान्यता अनुसार गाउँवासीहरू संयुक्त रूपमा कुट्ने (खखडेहरा कुटेर फुटाउने) प्रचलन छ र गलत तत्त्वको अन्त्य भएको मान्यता अनुरूप खुसीयाली मनाउने पर्वको रूपमा खखडेहरा रहेको छ तर प्राचीन मान्यता त्यो रहे पनि वर्तमान समयमा प्रायः रानाथारू समुदायको गलत तत्त्वको रूपमा विभिन्न विकृतिहरू छरपस्ट रूपमा रहेका छन् । तिनलाई सुधार्ने अभियानका रूपमा पनि यो महोत्सव सञ्चालन गर्न गइरहेको आयोजकको दाबी छ ।

  • १७ फाल्गुन २०७९, बुधबार १५:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU