नेपाल आइडलमा रवि ओडलाई सबै भन्दा बढी भोट, टप ७ मा पुग्न सफल
धनगढी १ मसिंर । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २ ’ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धि रवि ओड ‘टप ७’ मा पुग्न सफल भएका छन । दर्शकको भोटका आधारमा उनी ‘टप ७’ मा पुग्न सफल भएका हुन ।

रविले शुक्रवार सबैभन्दा बढि भोट पाएका छन । शुक्रवार धादिङका कृषल कडेँल बाहिरिएका छन् । रविले बिहीबार ‘खेलौला डेउडा’ बोलको सुदुररपश्चिमको लोकदेउडा गीत गाएका थिए । जुन गित सबैले मनमा बस्न सफल भएको छ । उनले शुक्रवारको अंकमा पनि २ वटा गीत गाएका थिए ।
रविलाई भोट कसरी गर्ने यस्तो छ तरिका
रबिलाई भोट दिन मोबाइलको म्यासेज बक्समा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ । विदेशमा च्ष्कभ बलम चभकउभअत ब्उउ डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया