कैलालीमा भन्सार छलिका औषधीसहित एक जना पक्राउ
धनगढी: कैलालीमा भन्सार छलिका औषधीसहित एक जना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगपालिका–९ बाग्राकटानका ४२ वर्षीय भक्त रानालाई अबैध औषधीसहित पक्राउ गरेको हो।
उनको झोलामा भारतबाट भन्सार छलिगरि ल्याउदै गरेको पेन्ट्रो प्राजोला २० पत्ता लगायत अन्य ७ किसिमका एक लाख ४८ हजार ३ सय ३८ रुपैया (भारु) बराबरको औषधीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया