डोटीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै
प्रकाश बम,कात्तिक १९ डोटी । के आई सिँह युवा सञ्जाल डोटीको आयोजनामा कार्तिक २७ गते जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा कात्तिक २७ गते देखि ३० गते सम्म के आई सिँह गाउपालिकाको वडा नम्बर ४ वायलमा प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । स्थानीय स्तरका खेलाडीहरुलाई राष्ट्रिय स्तर सम्म चिनाउने उदेश्यले भलिबलको आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार एक सय एघार रुपैया तथा उपविजेताले ६०हजार पुरस्कार पाउने छ ।
तेस्रो हुने टोलीले ३० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने के आई सिँह युवा सञ्जाल डोटीका अध्यक्ष जितेन्द्र बहादुर रावलले बताउनु भयो । प्रतियोगितामा डोटी जिल्लाका ९ वटै स्थानियतहका खेलाडीलाई मात्र सहभागी गराईने आयोजकले जनाएको छ । टिम दर्ताका लागि ५ हजार लाग्ने र खाना वस्नको व्यवस्था आफै गर्नु पर्ने अध्यक्ष रावले बताउनु भयो ।

खेलका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता
खेल कुदको क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने केआइ सिंह गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीले प्रतिबद्धता जनाउनु भएको छ।
पत्रकार सम्मेलनमा बोल्दै शाहीले जिल्लाका युवा पछिल्लो समय ओझेलमा परिरहेका अब दिनमा खेल कुदका क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । भलिबल , कृकेट ,फुटबल लगायत खेलहरु गाउँ पालिकाले गरि रहेको समेत शाहीले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस डोटीका पार्टीका सभापति प्रदीप देउवाले खेलका क्षेत्रमा पार्टीले सक्दो सहयोग गर्ने बताए । गाउँपालिको सहयोगमा जिल्ला स्तरिय भलिबल प्रतियोगिताले राम्रो खेलाडी उत्पादन गर्ने बिश्वास व्यक्त गर्नु भयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया