सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरमा कृषिबालीको भूक्षेत्र घट्यो, कैलालीमा २५ प्रतिशतले उत्पादनमा ह्रास

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र कृषियोग्य भूमि घट्दै गएको छ। कृषि भूमि घट्दै जाँदा त्यसको असर उत्पादनमा समेत परेको छ। सुदूरपश्चिममा अघिल्लो आर्थिक वर्षको तुलनामा खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्र घटेको नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ।

आर्थिक वर्ष २०७७/७८ मा शून्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा आर्थिक वर्ष २०७८/८९ मा आएर २ दशमलव ९० प्रतिशतले खाद्य बाली उत्पादनमा गिरावट आएको हो। खाद्यन्नबाली उत्पादन हुने क्षेत्रमा फलफूल र तरकारी खेतीको विस्तार बढेपछि खाद्यन्न बालीको उत्पादन घट्दै गएको सुदूरपश्चिम कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले बताए।

 

‘कृषि बाली उत्पादन हुने क्षेत्र त उही हो। तर सो क्षेत्र फलफूल र तरकारी क्षेत्रले ओगटेपछि खाद्य उत्पादनमा कमि देखिएको छ। खाद्यन्न बढी उत्पादन हुने जिल्ला कैलाली र कञ्चनपुर हो, ती जिल्लामा पनि अघिल्ला दुई वर्ष लगातारको वर्षापछि आएको बाढीका कारण खाद्यन्न उत्पादनमा कमि आएको हो। साथै, कृषि बालीको उत्पादन क्षेत्र प्रदेशभित्र विविध कारण घट्दै गएको देखिन्छ।’

 

 

गत वर्ष खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३ दशमलव ९३ प्रतिशत र धान बालीले ढाकेको क्षेत्रफल १ दशमलव ३९ प्रतिशतले गिरावट आएको छ। कोदो १९ दशमलव ७०, आलु १२ दशमलव ८४, भटमासको क्षेत्रफल १ दशमलव ४५ प्रतिशतले बढेको राष्ट्र बैंकको २०७८/७९ को सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनले देखाएको छ।

सबैभन्दा धेरै दलहन २७ दशमलव ८४ र तेलहनको क्षेत्रफल १७ दशमलव ८२ प्रतिशतले ह्रास आएको अध्ययनले देखाएको छ। तरकारीले ढाकेको क्षेत्रफल भने बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा तरकारीले ढाकेको क्षेत्रफल ३ दशमलव ४५ प्रतिशतले वृद्धि भएको थियो। गत वर्ष झण्डै दोब्बर अर्थात ७ दशमल ३८ प्रतिशतले तरकारी क्षेत्रले ढाकेको क्षेत्रफल बढेको छ। फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल ७ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ।

बाजुरा, बझाङ, दार्चुला, डडेलधुरा, डोटी जिल्लामा खाद्य तथा अन्न बालीको उत्पादनमा वृद्धि हुँदा अन्य जिल्लाहरुमा उत्पादन घटेको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी बाजुरामा ३१ दशमलव ३७ प्रतिशतले उत्पादन वृद्धि हुँदा कैलालीमा भने २५ दशमलव ६६ प्रतिशतले घटेको छ।

ल्गातारको वर्षापछि आएको बाढीका कारण २०७७ मा खाद्यन्नको उत्पादन झण्डै ४० प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताए। ‘हरेक वर्ष खाद्यन्न उत्पादन तीनदेखि ५ प्रतिशतले उत्पादन बढ्नु र घट्नु स्वभाविक मानिए पनि सो समयमा भने ३१ प्रतिशत खाद्यन्न बाली त पूर्ण रुपमा क्षति नै भएको थियो।

कैलालीमा मात्र ५ अर्व रुपैयाँ बराबरको क्षति भएको थियो। दुई अर्व राहत माग गरिएको २२ करोड मात्र बजेट प्राप्त भएको थियो। कृषि उत्पादन हुने क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण हुनेक्रम बढेसँगै कृषिको क्षेत्रफल घट्दै गएको समेत देखिन्छ।’ कृषि क्षेत्रको विस्तार र उत्पादन बढाउने नाममा संघ, प्रदेश र स्थानीय तहहरुले वर्षेनि करोडौँ रुपैयाँ खर्च गर्दै आएपनि उपलब्धि हुन सकेको छैन्।

राष्ट्रिय कृषि गणना–२०६८ अनुसार कैलालीमा १० वर्षको अवधिमा एक सय २९ हेक्टर कृषियोग्य भूमि मासिएको छ। २०५८ मा कैलालीमा ६ हजार ३७९ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २०६८ मा घटेर तीन हजार १६४ पुगेको छ भने पाखो जमिनमा भने बृद्धि हुँदै गएको छ। २०५८ मा ११ हजार १२७ हेक्टर पाखो जमिन रहेकोमा २०६८ मा बृद्धि भएर १४ हजार २१४ पुगेको छ। पछिल्लो समय धनगढी, अत्तरिया, टीकापुर, चौमाला, सुख्खड, मसुरिया लगायतका क्षेत्रमा खेतीयोग्य भूमि घरघडेरीमा प्रयोग हुने क्रम बढेपछि कृषि भूमि मासिदै गएको अधिकारीहरु बताउँछन्। दिनेश खबरबाट

  • १३ माघ २०७९, शुक्रबार १०:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU