बाजुरामा भएको भुकम्पमा १ महिलाको मृत्यु ,चार घर भत्किए दर्जनौ घर चर्किए
धनबहादुर बिक बाजुरा । बाजुरा जिल्लामा केन्द्र विन्दु बनाएर मंगलबार दिउँसो झण्डै दुइ बजे ४५ मिनटमा ५.४ रेक्टरको गएको भुकम्पले एक जना महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको बनमा घाँस काटी रहेको बेला भुकम्पले जमिननै थर्किएपछि माथीबाट ढुंगा खसेर गौमुल गाउँपालिका वडा नं २ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्यबहादुर थापाले, भुक्मपका कारण बडिमालिका नगरपालिका वडा नं ७ हरिचन्द्र उपाध्याय धन बहाुदर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पुर्ण रुपमा भत्किएको बताउनुभयो । उहाँले, यो सँगै बाजुराका अधिकाशं नयाँ तथा पुराना घर छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको बताउनुभयो ।
बाजुराका विभिन्न ठाउँमा भुक्मपले भौतिकरुपमा धेरै ठुलो क्षति गरेको र चालिस भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयले बताएका छन् । बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठुलो क्षति भएको भन्ने कुरा आएपनि त्यसको खासै एकिन कुरा अहिले जानकारी आएको छैन् ।
त्यसका लागि विभिन्न ठाउँमा प्रहरी टोली गएको छ , सो टोलीको रिपोट आएपछि मात्र एकिन जानकारी हुने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले बताउनुभयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया