सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दीपेन्द्र श्वार स्मृति डीसीए कप क्रिकेटः सरस्वती र त्रिभुवन विजयी

धनगढी, ९ माघ । धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा सरस्वती माध्यमक विद्यालय र ले जित हात पारेको छ । बिहान भएको खेलमा सरस्वतीले शारदा विद्या निकेतनलाई ३६ रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । सरस्वतीका लागि मुस्कान विष्टले २४ बलमा ५ चौकासहित २५ रन जोडे । यस्तै खेल बोहराले ४० बलमा २ चौकासहित २३ तथा जगदीश भट्टले १४ बलमा ४ चौकासहित २१ रन थपे ।

बलिङतर्फ शारदाका भुपेश भट्टले २ ओभरमा ३ तथा अनिश अवस्थी र खेम बोहराले २–२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको शारदाले १६.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्रै बनाउँन सक्यो । उसका आकाश विष्टले १८, आयुष महराले १३ र नबिन महताले ८ रन जोडे ।

बलिङतर्फ नरेन्द्र महराले ३ तथा रमेश महता तथा नबिन महताले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सरस्वतीका खेम बोहरा चुनिए । यस्तै दिउँसो भएको अर्को खेलमा त्रिभुवन माविले थ्रीस्टर बोर्डिङ स्कुललाई ४ रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवनले १५.३ ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । उसका कुशल बोगटीले ३६ बलमा ५ चौकासहित ३६, विनय जोशीले १२ र सुशील भाटले १४ रन जोडे । बलिङमा थ्रीस्टारका विनय जोशी र सुशील भाटले ३–३ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको थ्रीस्टारले १७.१ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्रै बनाउँन सक्यो ।

उसका सचिन कुमार नेगीले १३, अरुण कठरियाले ११ तथा रोशन रावलले १० रन बनाए । बलिङतर्फ शम्शेर खड्काले ३ तथा किरण शाहु, सचिन कुमार नेगीले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच त्रिभुवन माविका सुशील भाट चुनिए ।

प्रतियोगितामा मंगलबार पहिलो खेल एभीन र कैलाली मोडल तथा दोस्रो खेल बात्साल्या मावि र लिटिल फ्ल्वारबीच हुनेछ । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै प्लेयर अफ दटुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए ।

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।  प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

  • ९ माघ २०७९, सोमबार १७:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU