तिन दर्जन नेता तथा कार्यकता कांगे्रेमा प्रवेश
डोटी ९ कात्तिक । तिन दर्जन नेता तथा कार्यकर्ता राप्रप पार्टि परीत्याग गरी नेपाली कांगे्रसमा प्रवेश गरेका छन् । डोटीको शिखर नगर पालिका वडा नम्बर ३ आलिमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सोहि वडाका राप्रका वडा अध्यक्षका उम्मेद्धार गणेश जोरा लगाएतका तिन दर्जन नेता तथा कार्यकर्तालाई नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा पुर्व भौतिक तथा यातायात मन्त्रि बिर बहादुर बलायरले प्रवेश गराउनु भएको हो ।

जोरा लगायत युवा नेता गणेश कठायत,तेज जोरा, युवराज जोरा,पुर्ण जोरा लगायतका तिन दर्जन नेता तथा कार्यकतालार्ई एक कार्यक्रमका बिच मन्त्रि बलायरले अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया