सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

संविधान र लोकतन्त्रका जोगाउन गठबन्धनको नेतृत्व आवश्यक छ : पुर्व मन्त्री विना मगर

धनबहादुर बिक कञ्चनपुर। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन मिति आउन दुई साता मात्र बाँकी रहँदा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावि सरगर्मि बढेको छ ।

बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य साझ उम्मेदवार पुर्व खानेपानी मन्त्री विना मगरले गठबन्धनको नेतृत्व बाहेक कसैले पनि संविधान र लोकतन्त्रको रक्षा गर्न र मुलुकमा समृद्धि स्थापित हुन असम्भव रहेको बताईन ।

पुनर्वास नगरपालिका वडा नम्बर ११ मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा पुर्व मन्त्री मगरले सो कुरा बताएकि हुन।

सोमबार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्यकी उम्मेदवार तथा पुर्व मन्त्री मगरले साविक बाईसिबिचवा गाबिस पुनर्वास नगरपालिका ११ मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरेकी हुन।

सम्पर्क कार्यालय उद्घाटन गर्दै पुर्व मन्त्री विना मगरले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन अपरिहार्य भएको बताएकि छिन ।

चुनावी नारा सहित प्रतिबद्धता व्यक्त गर्दै जनताले जिताएर पठाएपछि जनताकै चाहना अनुसार आफु र आफ्नो टिमले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन, प्रचार प्रसार गर्न सकेनौं त्यो बेग्लै बिषय हो तर हामीले विकासका पुर्वाधारहरू धेरै भित्र्याउन सफल भएका छौ ।

त्रिभुवनबस्ति स्वास्थ्य चौकिलाई सुविधा सम्पन्न अस्पताल बनाउन १५ सैयाको हस्पिटल निर्माणका क्रममा छ । त्यसतै पुनर्वासका मुख्य बजारलाई केन्द्रीकृत गरि ढलको योजना द्रुत गतिमा छ । यो लगायत थुप्रै ठुला योजनाहरू भित्र्याउन सफल भएका छौ । यद्यपि हामीले गरेका विकासका कार्यक्रमलाई पनि विपक्षीले आफुले गरेको गलत प्रचारबाजी गर्दै आएको उनको भनाई छ ।

ठुलो त्याग र बलिदानले ल्याएको संविधानको रक्षा, अग्रगमनको रक्षाका निम्ति निर्विकल्प बाम लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउनु पर्ने आवश्यक रहेको उनले भनिन । वाम लोकतान्त्रिक गठबन्धनको विजयी हुन सकेन भने मुलुकमा फेरि प्रतिगमनकारी शक्तिले शिर उठाउने मौका पाउने र लोकतन्त्र, ठुलो बलिदानीले स्थापित गरेको संविधान खतरामा पर्ने भएकोले हामी कुन कित्तामा उभिने निर्णय गर्ने बेला आएको उनको भनाई थियो ।

सोही अनुरुप क्षेत्रमा समेत उम्मेदवार चुनावी मैदानमा आएको बताउदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन गाँउ, बस्ती घर घरमा खटिन आब्हान गर्नु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार रामबहादुर देउकरले प्रतिगामि पक्षलाई परास्त गर्दै लोकतन्त्रको रक्षाका निम्ति गठबन्धनको आवस्यकता भएको कुरा बताए । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेशसभा उम्मेदवार बन्धुरानाले जनता व्दारा विजयी भए पश्च्यात जनतासंग प्रत्येक्ष सम्पर्कमा रहि जनताकै चाहना अनुसार गठबन्धन विजयी उम्मेदवारसँग समन्वय गरि विकासका कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे । बाम लोकतान्त्रिक गठबन्धनका पुनर्वास ११ का अध्यक्ष प्रेमराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन रामचन्द्र भट्टराईले गरेका थिए ।

  • २१ कार्तिक २०७९, सोमबार १३:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU