सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

१५ हजारको चेक साँट्न ८ हजार खर्च ८ दिन काँटियो

डीबी विष्ट बझाङ, असोज २७ । स्थानीय तहका सरकारले कामकाज गर्न सुरु गरेको झण्डै डेढ वर्ष बिति सक्दा पनि बझाङको एक गाँउपालिकाका बासिन्दाले चेक साट्न मात्र तिन चार दिनको पैदल यात्रा गर्नु पर्ने बाध्यता हटेको छैन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाँउपालिका स्थानिय बासीहरुले बैकिङ्ग कारोबार गर्न मात्र तिन चार दिनको पैदलयात्रा गर्नु पर्ने बाध्यताले स्थानिय बासीहरुले अनाबस्यक सास्ती बेहोर्नु परेको हो ।


नेपाल सरकारले स्थानिय तह स्थापना हुने बेला नै सेवा पुर्याउने लक्ष्य राखेको भएता पनि हाल सम्म जिल्लाको साईपाल गाँउपालिका लगायत जिल्लाका अधिकाशं स्थानिय तहहरुमा बैङ्क सेवा नहुदा सेवाग्राही मर्कामा परेका छन् । सरकारले गएको चैत्र महिना भित्र सबै स्थानिय तहहरुमा बैङ्क पुर्याउने लक्ष्य राखेको थियो । बझाङ जिल्लाका ६ वटा स्थानिय तहमा अझै सम्म पनि बैङ्क सेवा पुग्न नसके पछि सरकारको केन्द्रिकृत अधिकार गाँउमा गएको भन्ने भनाईमा कुनै तुक नभएको स्थानिय बासीको आरोप लगाएका छन् । साईपाल गाँउपालिका काँडा घर भएका जसबिर बोहराका अनुसार गाँउपालिका बाट चेक लिएर चैनपुर जान हिड्न सक्ने ब्यक्तीलाई तिन दिन अली कमजोर ब्यक्तीहरुलाई चार दिन,र काडाँ पुग्न चार दिन आउन गरि झण्डै १० दिन जती लाग्ने गरको बताउनु भयो । सरकारले चैत्र भित्र सबै स्थानिय तहहरुमा बैङ्कहरु स्थापना गर्ने भनेर भनेको सुनेका थियौ तर अहिले सम्म भने कुनै अत्तोपत्तो छैन् । १० हजारको चेक साट्न परेमा ६ हजार भन्दा बढी नै खर्च सदरमुकाम चैनपुरमा नै हुन्छ । बाँकी ४ हजार मात्रै बच्ने गरेको उहाँले बताउनु भयो ।
धलौनका बसन्त बोहराका अनुसार १५ हजारको चेक साँट्का लागी तिन दिन आउन तिन दिन जान गरी ६ दिन र २ दिन चेक साँट्न नै लागेको बताउनु भयो । पहिलो दिन बैङ्कमा अली ढिला पुगे बोहराले भने फेरी बैङमा जम्मै भिड थियो । दुई दिन चैनपुरमा नै बस्नु पर्यो । मैले १५ हजारको चेक साँट्नका लागी ८ दिन काटेको छु । खर्चको कुरा गर्दा ८ हजार भन्दा बढी खर्च भएको थियो ।
यस्तै साईपाल गाँएपालीस्का धलौनका स्थानीय पिटर बोहराका अनुसार दशैको समयमा बैङ्मा समेत भिड हसने भएका कारण टाढाका स्थानीय बासिन्दाहरुलाई झनै समस्या हुने गरेको बताउनु भयो ।
बझाङका अधिकाशं गाँउपालिकाहरुका केन्द्रहरुमा अहिले सम्म ईमेल ईन्टरनेटको पनि सुबिधा छैन् , बैङ्किक सेवा सुबिधा पनि छैन , कतिपय गाँउपालिकाम प्रहरी चौकी , यातायात र बिद्युतको समेत असुबिधा छ । साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले भन्नु भयो हामीले गाँउपालिकाम बैकं स्थापना, टेलिफोन नेटवर्क, खाध्य डिपोका लागी बारम्बार पहल गरिरहेका भएपनि हाल सम्म केन्द्र सरकारले कुनै वास्ता नगरेको आरोप लगाउनु भयो । जिल्लाकै अती विकटका रुपमा परिचीत यस गाँउपालीकामा अहिले पनी टेलीफोन सेवा समेत विस्तार हुन सकेको छैन ।
सरकारले तत्काल सबै स्थानिय तहहरुमा आबस्यक सेवा सुबिधा पुर्याउनु पर्ने हो जिल्ला समन्वय समितीका संयोजक खड्क खड्काले भन्नु भयो हामीले पहल गरि रहेको छौ । सदरमुकाम क्षेत्र रहेको चैनपुर सहित मष्टा गाँउपालिकामा राष्ट्रिय बाणिज्य बैङ्क को शाखाहरु स्थापना गरी कारोबार सञ्चालन गरेको भए पनि केदार स्यू गाँउपालिकाको झोतामा नेपाल ईन्भेष्टमेन्ट बैङ्क , चिर बिथ्थड गाँउपालिकाको देउलेखमा नबिल बैङ्कको शाखा कार्यालय स्थापना गरेको भए पनि यी स्थानिय तह हरुको कारोबार भने सञ्चालन गरेको छैन् । त्यस्तै थलारागाँउपालिकामा एनआईसि एसिया र छबिसपाथीभेरा गाँउपालिकामा कुमारी बैङ्क स्थापना भैसकेका छन् । यी बाहेक जिल्लाका ६ वटा गाँउपालिका र एक नगरपालिकामा समेत बैङ्क नपुगे पछि स्थानियहरुले सास्ति बेहोर्नु परेको छ । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ का मान बहादुर खातीले भन्नु भयो योजनाको भुक्तानी लिन चैनपुरमा जानु पर्दा समस्याको भएको बताउनु भयो । सिहंदरबारको अधिकार सबै गाँउमा आएको भन्न सुनेका थियौ उहाँले भन्नु भयो अहिले पनि बैङ्कं लागयत अन्य सेबा सुबिधा हरुका लागी चैनपुर आउनु परकाले स्थानिय सरकारको अनुभुति समेत गर्न नपाएको बताउनु भयो । एक लाखको योजना हुन्छ योजना निर्माण योजना सम्झौता , र चेक समेत गाँउपालिकाले काटे पनि खाता खोल्दा , दुई तिन पटक भुक्तानीका लागी चैनपुर नआई हुदैन , चैनपुर आउदा जादा खर्च भई हाल्छ र सानो योजना भएका हरुलाई त साह्रै समस्या हुने गरेको गुनासो समेत गर्नु भयो । यस्तै थलाराको मात्र यो समस्या होईन थलारा जस्तै अन्य सात वटा स्थानिय तहको समस्या समेत उस्तै छ ।
स्थानियतहमा बैङ्क स्थापना भएर के गर्नु गाँउपालिको केन्द्रमा प्रहरी चौकी नहुदा समस्या भएको चिर बिथ्थड गाँउपालिकाका अध्यक्ष प्रेम बोहराले भन्नु भयो सरकारले तुरुन्त सुरक्षा निकाय नभएका गाँउपालिकाका केन्द्रहरुमा सुरक्षा ब्यबस्था गरि दिनु पर्छ । यसरी स्थानिय तहहरुमा बैङ्क स्थापना नभएपछि स्थानियबासीहरुले अनाबस्यक रुपमा झन्जट बेहोर्नु परेको छ ।

  • २७ आश्विन २०७५, शनिबार ०९:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU