सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बोर्डले शोज दिँदैन नीति निर्माण गर्छ : भुवन केसी

काठमाण्डौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् । शुक्रबार सम्हालिन्छ कहिले मनको प्रिमियर शोज हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताए ।

उनले चलचित्रि विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै फिल्मले शो धेरै पाए र कम पाए भन्ने कुरा नुबुझ्न आग्रह गरे । उनले चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्न र नबुझेकालाई बुझाउन तयार रहेको बताए ।उनले कलाकारहरुले नै कतिपय ठाउँमा प्रेमगीत ३ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए । उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न आग्रह गरे । उनले प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताए ।

उनले भने, ‘चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेका हुन् । बोर्डले शोज दिने होइन, चलचित्रलाई व्यवस्थित गर्न नीति निर्माण गर्ने हो । कलाकारहरुले बोल्दा विचार गरेर बोल्नुपर्छ । प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्दैछ भनेपछि हामीले त्यसको स्वागत गर्नुपर्छ ।’

नेपाली फिल्म सम्हालिन्छ कहिले मन शुक्रवारबाट देशभर प्रदर्शनमा आएको हो । फिल्मले शुक्रवार साँझसम्म राम्रो प्रतिक्रिया पाएको निर्देशक र कलाकार टिमहरुले बताएका छन् । दर्शकसँग शोज हेरेपछि अभिनेत्री पूजा शर्माले फिल्मलाई दर्शकले मन पाराउनु नै राम्रो भएको प्रतिक्रिया दिए । उनले फिल्म राम्रो रहेकोले हलसम्म पुगेर हेरिदिन आग्रह गरे ।

त्यस्तै अभिनेता आकाश श्रेष्ठले समग्र टिमले फिल्म राम्रो दिनको लागि निकै परिश्रम गरेकोले एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए । त्यस्तै यही फिल्मबाट चलचित्रमा डेब्यू गरेका सोनम तोप्देनले दर्शकहरुले अभिनयको राम्रो प्रतिक्रिया दिइरहेको बताए । उनले फिल्ममा पहिलो पटक अभिनय गरेपनि कुनै कठिनाइ नभएको बताए ।

त्यस्तै निर्देशक सुदर्शन थापाले दर्शकले दिएको प्रतिक्रियाले धेरै खुशी भएको बताए । उनले फिल्मको राम्रो तारिफ भएकोले फिल्म सबैलाई मन परेको बताए । फिल्मलाई लभ स्टोरीमा पनि फरक ढंगले प्रस्तुत गरेकोमा खुशी प्रकट गरे ।
नेपाली फिल्म सम्हालिन्छ कहिले मन शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनीमा आएको छ । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ भने त्रिकोणात्मक प्रेममा आधारित छ । फिल्ममा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र गायनबाट अभिनयमा प्रवेश गरेका सोनम तोप्देनको अभिनय छ । फिल्म अधिकांश यूकेका छायांकन भएको हो ।

  • १८ भाद्र २०७९, शनिबार ०५:२९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU