सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भरतपुरमा रेनुको झनै बलियो ‘कमब्याक’
"यसपालि पूरा होलान् त पुराना प्रतिबद्धता? "

मतदानको अघिल्लो दिनसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दौडधुप देख्दा धेरैले सोचेका थिए, माओवादीलाई यसपटक भरतपुरको मेयर गुमाउनुपर्छ कि भन्ने ठूलो डर छ।

डराउनु स्वाभाविकै थियो। यसपटक पनि माओवादी केन्द्रलाई मेयर पद दिँदा गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र ठूलो असन्तुष्टि थियो।

कांग्रेसका असन्तुष्ट समूहको नेतृत्व गर्दै पुराना नेता जगन्नाथ पौडेलले मेयरमा आफ्नो उम्मेदवारी दर्ता गरेका थिए। उनको उम्मेदवारी फिर्ता लिन पूरै राज्यसत्ता भरतपुर ओर्लिएको प्रतीत हुन्थ्यो। जगन्नाथलाई मनाउन स्वयं प्रचण्डको दौडधुप कम्ता थिएन।

भरतपुरमा चुनावी सभा गरेर गठबन्धनका शीर्ष नेताले ‘भरतपुरे कांग्रेस’ लाई फकाउनेदेखि धम्क्याउनेसम्मका काम गरे। त्यो सभामा प्रचण्डले ‘भरतपुरमा माओवादी केन्द्रलाई भोट नहाले देश दुर्घटनामा जान्छ’ भने भनेर कांग्रेस कार्यकर्ता रिसाए पनि।

वैशाख ३० गते आफ्नै गाउँ शिवनगरको मतदान केन्द्रमा मतदान गरिसकेपछि प्रचण्डले सञ्चारकर्मीहरूसँग ‘निर्वाचनमा जितहार सामान्य कुरो भएको र जस्तोसुकै परिणाम आए पनि स्वीकार्य हुने’ बताएका थिए।

उनको यस्तो कुराले ‘भरतपुर हार्न पनि सकिन्छ’ भन्ने संकेत गर्थ्यो।

माओवादीभित्रको यतिविघ्न डरबीच भरतपुरमा रेनु दाहालको सानदार पुनरागमन भएको छ। अघिल्लो निर्वाचनमा २०३ मतको झिनो अन्तरले मेयर जितेकी दाहालले यसपालि १२ हजार ४०० बढी अन्तरको सानदार जित हात पारिन्।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४७२८ भोट ल्याउँदा पनि उनको यति धेरै मतान्तरको जितले धेरैलाई आश्चर्यमा पारेको छ। अघिल्लो निर्वाचनमा १४ वटा वडामा मात्रै अग्रता लिएकी दाहालले यसपालि भरतपुरका २६ वटा वडाहरूमा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारिन्। सुवेदीले अग्रता लिएका वडाहरूमा पनि उनले अघिल्लोपटक भन्दा बढी भोट ल्याइन्।

भरतपुर महानगरपालिकाको वडा नम्बर १४ भिमसेननगर (हालको प्रचण्ड टोल) मा जन्मिएकी रेनु दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव पनि हुन्। उनी २०६४ जेठ १५ देखि २०६९ वैशाख ९ सम्म संविधानसभा सदस्य थिइन्।

दाहालले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य, पार्टीको रोल्पा जिल्लाको सह–इन्चार्ज, काठमाडौं सेक्रेटरी, अखिल भारत नेपाली महिला संगठनको अध्यक्ष भएर पनि काम गरेकी थिइन्।

२०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको सहयोगमा भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भइन्। निर्वाचनअघि र जितेपछि उनले भरतपुरको विकासका लागि अघि सारेका धेरै योजना पाँचवर्षे अवधिमा पूरा हुन सकेनन्। कतिपय योजना त सुरू नै भएनन्।

दाहालले आफूले सुरूमा अघि सारेका योजना सम्पन्न गर्ने र नयाँ योजना अघि बढाएर भरतपुरलाई आधुनिक सहरका रूपमा विकास गर्ने भन्दै दोस्रोपटक मेयरका लागि भोट मागेकी थिइन्।

भरतपुरका मतदाताले उनको प्रस्ताव अनुमोदन गरेका छन्। तर मतदातासामु गरेका प्रतिबद्धता पूरा गर्न दाहालसामु चुनौतीका पहाड छन्।

उनले अघिल्लो कार्यकालमै बाचा गरेर पूरा भएका र पूरा गर्न नसकेका कामलाई हामीले निर्वाचनअघि नै विस्तृत रूपमा प्रकाशन गरेका थियौं।

हेर्नुहोस्: मेयर रेनु दाहाल पाँचवर्षे रिपोर्ट कार्ड

अब दाहालले अघिल्लो कार्यकालमा गरेका प्रतिबद्धता पूरा गरेर मात्रै छुट पाउँदिनन्। उनले यो निर्वाचनअघि गठबन्धन तर्फबाट सार्वजनिक गरेका प्रतिबद्धता पनि पूरा गर्नुपर्नेछ।

भरतपुर महानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै दाहालले भरतपुरलाई बेरोजगारीमुक्त महानगर बनाउने बताएकी थिइन्। पहिलो वर्ष प्रत्येक वडाका ५० र दोस्रो वर्ष १०० जनालाई स्वरोजगार बनाउने उनको योजना छ। शैक्षिक प्रमाणपत्र र तालिमप्राप्त प्रमाणपत्र धितो राखेर उद्यमशीलताका लागि ऋण उपलब्ध गराउने उनले बताएकी छन्।

‘श्रम सूचना बैंक स्थापना गरी विभिन्न पेसा, व्यवसाय र सीप भएका नागरिकको सूचना संकलन गरी रोजगारमा लगाउने, प्राविधिक विषयमा बेरोजगार हुन नदिन रोजगार बैंक स्थापना गरी पेसाअनुसार न्यूनतम पारिश्रमिकसहित रोजगारीको व्यवस्था मिलाउने छौं,’ उनले भनेकी छन्।

कृषि व्यवसायमा संलग्न सबै किसानको पहिचान वर्गीकरण गर्दै एकीकृत तथ्यांक तयार गरी किसान पेन्सनको व्यवस्था गर्ने गठबन्धनले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने पनि प्रतिबद्धतापत्रमा छ।

मेयर दाहालले सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने र वडाहरूमा बहुतल्ले भवन बनाएर आवासविहीनका लागि एकीकृत बस्ती विकास गर्ने बताएकी छन्। उनले महानगरको फोहोर व्यवस्थापनका लागि पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गर्छु भनेकी छन्।

त्यस्तै कोरियन सरकारको २ सय २५ करोड रूपैयाँ आर्थिक अनुदानमा भरतपुरको वैज्ञानिक फोहोर व्यवस्थापन सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले दोस्रो कार्यकालमा उक्त योजना सम्पन्न गर्ने बताएकी छन्।

महानगरलाई डिजिटल प्रविधिमैत्री बनाउने, भरतपुर विमानस्थल विस्तार गरी सुविधासम्पन्न बनाउने, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बाँकी काम पूरा गर्ने, नारायणगढ र भरतपुरका चोकहरूमा ट्राफिक लाइटको व्यवस्था गर्ने, सहिदचोक, हाकिम चोक र मालपोत चोकमा आकासेपुल बनाउने, सिटीहल निर्माण पूरा गर्ने, क्याम्पा चौरलाई मिनी रंगशालाका रूपमा विकास गर्ने, पूर्वाधार विकासको गुरूयोजना स्वीकृत गरी त्यसैअनुरूप योजना छनौट गर्ने, प्राथमिकता र लगानीको पद्धति निर्माण गर्ने लक्ष्य दाहालको छ।

उनले अबका दुई वर्षमा भरतपुरमा मापदण्ड पुगेका सबै सडक कालोपत्रे गर्ने पनि बताएकी छन्।

दाहालले वृद्धवृद्धालाई धार्मिक भ्रमणमा लैजानेदेखि महिलालाई नि:शुल्क बस सेवा उपलब्ध गराउने योजना अघि सारेकी छन्। ज्येष्ठ नागरिकहरूलाई वर्षमा एकपटक देशभित्र धार्मिक तथा मनोरञ्जनात्मक भ्रमण गराउने योजना रहेको उनले प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छन्।

उनले महानगरभित्र सार्वजनिक इलेक्ट्रिक बस सञ्चालनको प्रक्रिया सुरू गर्ने बताइन्।

‘यसमा असहाय, ७० वर्ष नाघेका र महिलालाई नि:शुल्क सेवा दिइनेछ। विद्यार्थीलाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिनेछ,’ दाहालले भनिन्, ‘यसका लागि सात ठाउँमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्नेछौं।’

सेतोपाटी

  • १० जेष्ठ २०७९, मंगलवार ०५:५२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU