ट्राफिक प्रहरी हेमराज जोशी सर्वोत्कृष्ट कर्मचारी
धनगढी २३ चैत्र / सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले मातहतका समेत कार्यालयका कर्मचारीको कार्य मुल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारी लाई नगद सहित सम्मान गरेको छ ।
मंगलवार एक कार्यक्रम आयोजना गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले प्र।ह। खडक बहादुर ऐर र प्र ज हेमराज जोशीलाई सम्मान गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया तथा मातहत समेतमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरु मध्ये प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्र।ह। खडक बहादुर ऐर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्र।ज। हेमराज जोशीलाई २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस आफ द मन्थ अवार्ड र नगद पुरस्कार प्रदान गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया