सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रूसी हमलाको नेपालमा असर- अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महंगो

रूसले युक्रेनमाथि सैनिक हमला गरेको तेह्र दिन बितेको छ। यसबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको भाउ बढ्नुका साथै मकै, गहुँ लगायत विभिन्न अन्नको मूल्य बढ्ने क्रम जारी छ।

अन्तर्राष्ट्रिय बजारमा परेको यो असरबाट नेपाल पनि अछुतो छैन। रूसी हमला सुरू भएयता नेपालको तेल घाटा मासिक ५ अर्ब रूपैयाँ पुगेको छ भने सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने औद्योगिक कच्चा पदार्थको भाउ पनि बढेको छ।

यही सिलसिलामा विदेशी मुद्रा विनिमय दरको वृद्धिले आगामी दिनमा नेपालको अर्थतन्त्र थप प्रभावित हुने स्थिति उत्पन्न भएको छ।

रूसले हमला गरेको दिनदेखि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुँदै गएको छ। यसले डलरको तुलनामा नेपाली मुद्रा कमजोर भइरहेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागि एक अमेरिकी डलर बराबर १ सय २३ रूपैयाँ ४४ पैसा तोकेको छ। राष्ट्र बैंकले तोकेको यो विनिमय दरका आधारमा वाणिज्य बैंकहरूले केही पैसा घटबढ गरेर कारोबार गर्दै आएका छन्।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन्।

‘मलाई सम्झना भएसम्म यो अहिले सम्मकै उच्च हो,’ उनले भने, ‘कोरोनाको सुरूआतमा पनि ह्वात्तै बढेको थियो। तर यतिसम्म पुगेको थिएन।’

यसअघि फागुन १२ गते रूसले सैन्य हमला गरेकै दिन एक डलर बराबर १ सय २१ रूपैयाँ ३ पैसा थियो। बीचमा घटेर १ सय १९ रूपैयाँ ५६ पैसा पुग्यो।

डलर महँगो हुँदा आयातित सामानको मूल्य बढ्छ। यसले स्थानीय बजारमा उपभोग्य वस्तुहरूको मूल्य बढ्नेछ। उपभोक्ताले आफ्नो दैनिक उपभोग्य सामान किन्न पहिलेभन्दा बढी खर्च गर्नुपर्नेछ।

यो अवस्थामा वैदेशिक रोजगारमा गएका कामदारहरूबाट प्राप्त हुने रेमिटेन्स आम्दानी भने बढ्नेछ। निर्यात व्यापारबाट हुने आम्दानी पनि वृद्धि हुनेछ। तर निर्यातभन्दा आयातको परिमाण उच्च भएकाले अर्थतन्त्रमा नकारात्मक असर पर्ने अर्थशास्त्रीहरू बताउँछन्।

‘हाम्रोमा आयातको दाँजोमा निर्यात एकदमै कम छ। डलर महँगो हुनुले झट्ट हेर्दा निर्यात व्यापारलाई फाइदा देखिए पनि आयात महँगो हुँदा पेट्रोलियम पदार्थदेखि खाने तेल, खाद्यान्न लगायत सबै किसिमका उपभोग्य वस्तुहरूको मूल्य बढ्छ,’ अर्थशास्त्री विशाल चालिसेले सेतोपाटीसँग भने, ‘त्यसैले डलर महँगो हुनु उपभोक्तालाई घातक कुरा हो।’

अर्थशास्त्री चन्द्रमणि अधिकारी पछिल्लो समय नेपालजस्तो विकासोन्मुख देश दोहोरो मारमा परिरहेको बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा डलर र कच्चा तेल महँगो हुँदै जानुले नेपाली अर्थतन्त्रमा बहुपक्षीय असर पर्ने उनको भनाइ छ।

ुडलरको मूल्य बढ्दा व्यापार घाटा बढ्नुका साथै आयात महँगो पर्ने र वैदेशिक मुद्रा सञ्चिति घट्नेछ,ु उनले भने, ुदैनिक उपभोग्य सामानको मूल्य वृद्धिले सर्वसाधारण मर्कामा पर्नेछन्।ु

नेपाल समुन्द्रपार निकासी पैठारी संघका अध्यक्ष सुनिल बंसल भने झट्ट हेर्दा निर्यात व्यवसाय फाइदामा रहे पनि सोचेजस्तो लाभ नहुने बताउँछन्।

उनका अनुसार नेपालबाट निर्यात हुने ८० प्रतिशतभन्दा बढी वस्तु आयातित कच्चापदार्थमा निर्भर छन्। डलरको मूल्य बढ्दा कच्चापदार्थ महँगो पर्ने र यसले निर्यातमा पनि सोचेजति फाइदा नहुने उनको तर्क छ। स्वदेशी कच्चापदार्थमै निर्भर औद्योगिक उत्पादनलाई मात्र यो बेला फाइदा हुने उनले बताए।

आगामी दिनमा डलरको मूल्य बढ्दै जाँदा आयातित सामानको मूल्य १५ देखि २० प्रतिशत बढ्ने उनको अनुमान छ।

नेपाल राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल रेमिटेन्स पठाउन यो उत्तम समय भएको र यो बेला रेमिटेन्स पठाउने परिवार फाइदामा रहने बताउँछन्।

‘आयातित सामानको मूल्य बढ्छ तर रेमिटेन्स पठाउन यो सही समय हो,’ उनले भने।

पौडेलका अनुसार शक्तिशाली राष्ट्रहरू युद्धमा लागेको यस्तो समयमा लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्प खोज्छन्। यसले सुरक्षित लगानी क्षेत्रको माग बढ्नुका साथै डलरको माग पनि बढ्छ। पछिल्लो समय डलर महँगो हुँदै जानुको कारण यही भएको उनले बताए।

सेतोपाटीबाट

  • २४ फाल्गुन २०७८, मंगलवार ०७:१२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लिभ-इन रिलेसनशिपप्रति सामाजिक बहस: आर्थिक, नैतिक र सुरक्षाका प्रश्न फेरि चर्चामा
    आम्दानी अठन्नी खर्च रुपैया एक रोचक कथा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU