सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलालीमा २५ वर्षीय युवकको विभत्स हत्या : कुकुरसहित पुगेको प्रहरीले भेट्टायो ‘अडियो रेकर्ड’ (अडियो सहित)

धनगढी, ४ पुस  / कैलाली जिल्लामा भूपेन्द्र बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै अर्को क्रुर हत्या प्रकरण बाहिरिएको छ । जिल्लाको जानकी गाउँपालिका ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्या गरिएको घटना बाहिर आएको हो ।

प्रहरीका अनुसार उनको हत्या अति नै क्रुर र विभत्स ढंगले गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीका अनुसार दासको हत्या जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा करिब १ किलोमिटरभित्र घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको छ ।

उनले भने, ‘रुखमा बाँधिएर नग्न बनाइएको छ । दुईवटै हात समेत पछाडि पारेर बाँधिएको छ । पछि घाँटी रेटेर टाउको छिनालिएको देखिन्छ ।’

सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको टोली अनुसन्धानमा जुटेको छ । कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर फिर्ता भएको छ ।

त्यस्तै, प्रहरीले मृतकका परिवारजनबाट अडियो रेकर्ड समेत फेला पारेको छ । सो अडियो रेकर्डबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

‘हामी अनुसन्धानमै छौ । डग स्निफिङ गरायौँ । अडियो रेकर्डसहित केही क्लु फेला परेको छ । हामी शंकास्पद व्यक्ति उप्पर अनुसन्धान बढाएका छौँ । हिजो राति भइसकेकोले आज मृतकको शव उठाउने काम होला ।’

स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजुसहित रहेका थिए ।

स्थानीयका अनुसार सो क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै आएको छ । त्यसमध्ये दास पनि लागुऔषध प्रयोगकर्ता हुन सक्ने आशंका गरिएको छ । तर यसबारे प्रहरीले पुष्टि गरेको छैन ।  धनगढी लोकान्तर बाट सभार

  • ४ पुष २०७८, आईतवार ०५:०९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU