सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मन्त्री आलेको निर्देशनमा सञ्चालन भएका सटल बस सेवाले यात्रुलाई सहज

विमल विष्ट
काठमाडौँ / २३ मङ्सिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गएको बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । बिमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि मन्त्री आलेको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले तीन वटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको छ ।
सटल बसहरुले धामाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै राहत भएको आफुले बुझेको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री तारा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सटल बस सेवाले यात्रुलाई निकै राहत भएको छ, म पनि आज त्यहि बस चढेर गोल्ड गेटसम्म आए यात्रा राम्रै भयो ।” सटल बस सेवा सञ्चालन गर्नु भएकोमा मन्त्री लामाले पर्यटन मन्त्री आलेलाई धन्यबाद समेत दिनु भएको छ । तीन वटा सटल बसहरुले दैनिक रुपमा बिहानदेखि बेलुकी सम्म आफ्नो सेवा दिन थालेपछि ट्याक्सी चालकको झनझटबाट यात्रुहरुले मुक्ति पाएको अर्का यात्रु विनोद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिगतमा कतिपय ट्याक्सी चालकले निकै दुःख दिने गरेका थिए, मन्त्री आलेको पहलमा सटल बस सुरु भएपछि अब यात्रुलाई सहज भएको छ ।”
मन्त्री आलेको निर्देशन पछि सटल बस सेवाले बिमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि बिमानस्थल सम्म निःशुल्क सेवा दिँदै आएपछि त्यहाँ यात्रा गर्ने सयौँ यात्रुलाई सहज भएको छ । सटल बस सेवा सुरु भएपछि यात्रुका सर सामानदेखि अन्य कुराहरु गोल्डेन गेट सम्म लैजान र बिमानस्थल सम्म पु¥याउन सहज भएको बिमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री ज्युको पहलमा सटल बस सेवा सुरु भएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ, उक्त कामको यात्रुले खुलेर प्रशंसा गरीरहेका छन् ।”मन्त्री आलेले यात्रुका लागि सटल बस सेवा सुचारु गरेपछि अहिले यात्रुहरुनिकै खुसी हुनुका साथै मन्त्री आलेलाई धन्यवाद समेत दिन थालेका छन् ।
विमानस्थलका महाप्रबन्धक भोला गुरागाईका अनुसार सटल बसहरुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन भइरहेका छन् । तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्ड गेटसम्म यात्रुलाई निःशुल्क सेवा दिने भएका छन् ।यति मात्र नभई मन्त्री आलेको निर्देशनमा विमानस्थलले वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जाने श्रमिकहरूका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ । विश्राम स्थल नभएका कारण वैदेशिक रोजगारमा जाने तथा त्यहाँबाट फर्किने नागरिकले यसअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता रहेको थियो ।विश्राम स्थल शुभारम्भ भएपछि उक्त समस्या पनि समाधान भएको छ । उक्त विश्राम स्थलमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्ज, फ्लाइट डिस्प्ले, वाईफाई र मन्त्रालय÷विमानस्थलको हटलाइन नम्बर राखिएको छ । वैदेशिक रोजगारमा जाने यात्रुहरूलाई कुनै समस्या परे उक्त हटलाइनमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।हाल कुल २५ जना क्षमता भएको उक्त विश्राम स्थल निकट भविष्यमा ३०० व्यक्ति अटाउने क्षमताको बनाइने योजना रहेको मन्त्री आलेले जानकारी दिनुभयो ।

  • २३ मंसिर २०७८, बिहीबार ०४:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU