किशोरीको बलात्कारपछि हत्याको आरोपीलाई २८ बर्ष जेल "न्यायाधिश मावध प्रशाद अधिकारीको इजलासले गर्यो फैसला "
लोकेश साउद । बैतडी, १९ असोज । कोठाभित्र थुनेर आफ्नै शालीको बलात्कारपछि हत्या आरोपीलाई जिल्ला अदालत बैतडीले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश मावध प्रशाद अधिकारीको इजलासले डिलाशैनी गाउँपालिका–४ पिडेरी बस्ने २२ बर्षिय उमेश प्रशाद जोशीलाई उक्त फैसला सुनाएको हो ।
जोशीलाई जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (३) अनुसार सर्वस्व सहित जन्म कैदको फैसला भएको जिल्ला अदालत बैतडीका सुचना अधिकारी भिमप्रशाद भुसालले बताउनुभयो । जोशीले करणीपछि मारेको हुनाले सोही महलको १३ (३) को देहाय ४ अनुसार थप आठ बर्ष समेत गरि २८ बर्ष कैदको फैसला गरेको उहाँले बताउनुभयो ।
गत चैतमा पुरचौडी नगरपालिका–१ मा ब्यापार गर्दै आएका जोशीले साली नाता पर्ने किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कारपछि हत्या गरेको अभियोगमा चैत १२ गते जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता भएको थियो ।
त्यसैगरि जिल्ला अदालत बैतडी मेलौली नगरपालिका–२ बस्ने २९ बर्षिय किशोर राम वडलाई नावालिकामाथि जबरजस्ती करणी मुद्दामा ८ बर्ष कैद र पीडितलाई ४० हजार क्षतीपुर्ती भराउने फैसला गरेको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । गत साउन १३ गते जिल्ला अदालत बैतडीमा मुद्दा दायर भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया