सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

डोटीमा किशोरीलाई आत्मरक्षा तालिम

डोटी : हिंसाबाट जोगिन यहाँका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्न थालिएको छ। यहाँको दिपायल सिलगढी नगरपालिकाले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ४० किशोरीलाई सो तालिम प्रदान गरेको हो। महिला तथा किशोरीमाथि हुनसक्ने आपराधिक घटना तथा क्रियाकलापलाई निरुत्साहित गर्ने ध्येयले उक्त तालिम दिन थालिएको महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले बताइन्।

महिला, बालिका तथा किशोरीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न उक्त तालिमले निकै सहज हुने अपेक्षा लिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए। उक्त तालिममा किशोरीहरू आपराधिक व्यक्तिको आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्ग कसरी बचावट गर्नेदेखि आफूले प्रतिकार कसरी गर्ने भन्नेलगायतका सीपसहित प्रशिक्षण प्रदान गरिएको छ। उक्त तालिममा यहाँका स्थानीय बिद्यालयका किशोरीलाई समावेश गरिएको छ।

विषेशगरी छात्रालाई विद्यालयमा वा घरमा आउने जाने समयमा त्यस्ता आपराधिक घटना घट्न सक्ने भएकाले आत्मारक्षा तालिमको सुरुआत गरिएको नगरप्रमुख मञ्जु मलासीले बताइन्। उनले भनिन्, “विद्यालय जाने किशोरी प्रायः गरी आपराधिक घटनाका सिकार हुन थालेकाले त्यस्ता घटनाको सामना गर्न र सक्षम बनाउन हामीले किशोरीलाई तालिम दिन थालेका छौँ।”

पहिलो चरणमा यहाँको पद्म पब्लिक मुक्तिनारायण माध्यामिक विद्यालयका ४० किशोरीलाई उक्त तालिममा सहभागी गराइएको छ। उक्त तालिम निकट भविष्यमै नगरपालिकाका सबै वडामा रहेका बिद्यालयका किशोरीलाई दिइने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। रासस

  • १९ मंसिर २०७८, आईतवार १०:११ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU