कैलालीमा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु
धनगढी – कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका ७ का ५५ वर्षीय देव बहादुर बोहराको मृत्यु भएको हो। शिकारी समूहले वन्यजन्तुको शिकार गर्न सुनपाल सामुदायिक वनमा विच्छाएको विद्युतीय धरापको पासोमा परेर बोहराको मृत्यु भएको प्रहरीले बताएको छ। मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको इलाका प्रहरीले बताएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया