बझाङको सानिगाड पहिरोले थुनियो दुईघर पुर्ण रुपमा क्षती
डीवि विष्ट। बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने आठपालिचौर झारकाँडामा पहिरो जाँदा सानिगाड थुनिएको छ । शुक्रबार विहान ११ बजे गएको पहिरोले सानिगाड थुनिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । ३ गतेदेखी परेको अविरल वर्षापछि आएको पहिरोले दुई घर समेत पुरिएका छन् ।
पहिरोले बुंगल नगरपालिका वडा नम्बर ६ का स्थानीय बले धामी र नरेन्द्र धामीको घर पुर्ण रुपमा क्षती भएको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनु भयो । पहिरोमा दपरी मानविय क्षेती भने भएको छैन प्रहरी नायब उपरिक्षक रुपक खड्काले भन्नु भयो पहिरोमा परि बले धामीका तीन भैँसी, ३ गोरु, ७ बाख्रा, लत्ता कपडा खाने अन्न सबै नष्ट भएको छ ।
यस्तै नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । पहिरोले सानीगाड खोला समेत थुनिएको छ ।
अहिले प्रहरी स्थानीय बासिन्दा जनप्रतिनिधी नेपालि सेना सहितको टोली थुनिएको सानीगाड खुलाउने प्रयास गरी रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । खोला थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको र अहिले एक तर्फी बाट खोला बग्न थालेको समेत प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया