सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बझाङकी हेवन उपाध्याय खामोसि डेफ २०२१ को अन्तराष्ट्रिय विजयता बन्न सफल

डीबी विष्ट, बझाङ । बहिरा व्यक्तिहरुको सीप,क्षमता र कौशलताको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा बझाङ जिल्ला तल्कोट गााउपालिका वडा नम्बर  ४ की हेवन उपाध्याय खामोसी डेफ २०२१ को अन्तराष्ट्रिय विजयता बन्न सफल भएकी छन् । छिमेकी राष्ट्र भारतको जमसेफपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ अर्थात मौनता सहितको जीवन कार्यक्रममा नेपाल, भारत, बंगलादेश, नाईजेरीया, लगायत देशका ७७ जना प्रतियोगिहरुलाई पछि पार्दै नेपाल बाट भाग लिन पुगेकी हेवन प्रथम भएकी हुन् । उनले १० हजार नगद पुरस्कार राशी पनि प्राप्त गरेको हेवनका बुबा रमेश प्रकाश उपाध्यायले जानकारी दिनु भयो ।

उक्त संस्थाले सन् २०२१ को कृयाकलाप अन्तर्गत कोभिड १९ को कारण लकडाउन भएका बेला बहिरा व्यक्तिहरुले आ–आफ्नो समुदाय तथा समाजका लागि के गर्न सक्दछन् , भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनु पर्ने थियो । जसमा जेष्ठ नागरिकहरु, बालबालिकाहरु तथा अन्य अपांगता भएका व्यक्तिहरु साथ, सहयोग र समर्थनका लागि बहिरा व्यक्तिहरुले गरेको भिडियो बनाउनु पर्ने भनिएको थियो । हेवनका बुबा रमेश प्रकाश उपाध्यायले भन्नुभयो

त्यसै अनुरुप छोरी हेवनले अपाङ्गता भएका , सडकमा नै बसोबार गर्ने र भिक मागेर खाने, टुहुरा तथा अनाथ बालबालीकाहरुलाई बन्दाबन्दि तथा लकडाउनको समयमा पनि माक्स, सेनिटाईजर तथा खाने कुरानहरु वितरण गरेको भिडीयो बनाएको थियो ।  सोही कृयाकलाप अन्तर्गत उनले  एउटा लेख समेत लेखी संस्थामा पठाएको  उनि यस्ता कृया कलाप गरे वाफन प्रथम भएकी बताए ।  बहिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कार सहितको कार्यक्रम आयोजना गर्दै आएको छ ।

हेवन उपाध्याय बझाङ जिल्ला तलकोट गाउँपालिका–४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र आमा शान्ति अवस्थीकी एक मात्रै सुपुत्री हुन् । हेवन जन्मजात देखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी छ ।

उनीमा त्यस्तो समस्या देखिए पछि उनका बुवा र आमाले छोरा गनिने छोरी नगनिने समुदायको एउटा कुप्रथालाई तोड्न कै लागि पनि अर्को सन्तानको तयारी गरेनन् । समाज बदल्ने मुख्य उयदेश्यका साथ कोही कसैको कुरामा ध्यान नदिएर छोरी पनि छोरा सरह हुन्छन् भन्ने सन्देश दिनका लागी रमेश प्रकाश उपाध्याय  र शान्ति अवस्थीले छोरीलाई नै लालन पालन गरेको बताए । हेवनकी आमा शान्ति अवस्थिले भन्नु भयो । अहिले पनि समाजमा धेरै आमाहरुले छोरी मात्रै जन्मेको न्युमा हिंशा खेपेर बस्नु परेकोअवस्था छ । छोरा छोरी समान हुन भन्नेहरुले पनी हिंशा गर्ने हाम्रो समाजलाई बदल्न अरु बाट भन्दा पनि आफै बाट थालनी गर्न जरुरी रहेको रमेश प्रकाश उपाध्यायले बताउनु भयो ।

५ वर्षको उमेर पछि हेवन काठमाडौंको नक्साल स्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत् छिन् ।

 

  • १६ श्रावण २०७८, शनिबार ०६:२२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU