बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको चरम समस्या "खडेरीले मुहान सुकेका कारण खानेपानिमा समस्या भएको होः उपभोक्ता समिती "
डीबी विष्ट, बझाङ । आफ्नो सपरिवार सहीत सदरमुकाम चैनपुरको कोठा भाडामा बस्दै आएका लक्ष्मि ठाकुरको घरमा पानी नआएको ३ महिना पुग्न थाल्यो । उनले चैनपुर खानेपानीका कर्मचारीहरुलाई सयौँ पटक भन्दा बढी धारामा पानी नआएको समस्या बताए । तर पनि कर्मचारीले उनको कुरालाई वास्ता गरेनन् । उनको परिवार अहिले सेती नदीको धमीलो पानी पिउन बाध्य छन् । ठाकुरका छोरा र उनको परिवार अहिले विाहान बेलुका सेती नदीको किनारमा पुगेर आँखै अघि फोहोर बगेको देख्दा देख्दै पनि उहि पानी ल्याएर खाना पकाउन र पिउनका लागी प्रयोग गर्दै आएका छन् । उनी जस्तै उनकै छिमेकमा बस्नेहरुको पिडा पनि उस्तै छ । घरमा पानीका धारा जडान गरीएका छन् । तर पानी नआएको महीनौ भै सकेको छ । उनिहरु सबै सेती नदी र बाहुली खोलाको फोहोेर पानी पिउन बाध्य छन् ।
निजीधारा संचालकले खानेपानीमा रोक लागएपछि झन समस्या
सेती नदी र बाहुली खोलाको धमीलो पानी पिउनु पर्ने समस्या
सफा खानेपानी नभएका कारण महामारीको चिन्ता
छोरा छोरीको पढाई गर्नका लागी छोरा संगै सदरमुकाम चैनपुरमा सामान्य ब्यापार गरेर बस्दै आएकी छविसपाथीभेराकी दिपीका भण्डारीको पनि पिडा उस्तै छ । आफु बस्ने कोठा नजीकै केही ब्यक्तीहरुले निजी खानेपानीका धारा जडान गरेका छन् । लामो समय त उनी र उहाँ संग बस्ने अन्य ब्यक्ती र छिमेकीहरु पनी सो निजी धाराको पानी मागेर गुजरा चलाउदै आएका थिए । तर कोरोनाको कहर बढ्दै जना थालेपछि निजी धारा संचालकले पानी दिन आनाकानी गरेपछि उनिहरु पनि बाउली खोला र सेती नदीको धमीलो पानी पिउन बाध्य भएका छन् । यस्तै विरेन्द्र बहादुर सिहँको छोरी ३ बर्ष को पुगीन्् । खानेपानी भर्ने जिम्मा उनको परिवारले छोरीलाई नै दिएको छ । विरेन्द्र बहादुर सिहँका अनुसार ““ पानी आउन्छ भन्नु मात्रै हो । सानो आउन्छ । छोरीलाई खेल्नलाई ठिक्क हुन्छ । छोरीको अघि भाडाकुडा राखी दियो । थोपा थोपा आएको पानी छोरीले खेल्दै अलि अलि जम्मा गर्नु हुन्छ । पानी पिउनका लागी र खानपकाउनका लागी भने होटेलमा निजी धारा जडान गरीएको छ त्यही बाट पानी ल्याउन्छौ र खाने गरेका छौ”
हप्ताको एक दुई पटक मात्रै अलिअलि खानेपानी आएको हुन्छ । नभए कहीले पनी खानेपानी आउदैन दिपीका भण्डारीले भनीनन् ः “निजी खानेपानीका धारा भएका ठाँउमा गएर पानी भर्ने हो भने कोरोना छ । कसैको भर हुदैन । पानी भर्न पनी नआउनु भन्नु हुन्छ । कती दिन त जबरजस्ति खानेपानी भरेर गुजारा चलाएका छौ । राती सबै सुतेको बेला चोरेर भएपनि खानेपानीको जोहो गर्नु पर्ने समस्या रहेको उनले दुखेसो पोखीन् । यस प्रति स्थानीय सरकार र प्रशासनको ध्यान जान नसकेको उनको गुनासो छ” । साथै उनले आफुलाई सदरमुकाम चैनपुरमा बस्छौ भन्न पनी लाजमर्दो कुरा भएको बताईन् । यो भन्दा त ग्रामीण बस्तिहरुमा खानेपानीको समस्या नहुने अहिले त स्थानीय सरकारले घर घरमा एक एक धारा निर्माण गरेको बताईन् ।
सेति नदी र बाहुली खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यता भएका कारण महामारी हुने झन जोखीम बढेको छ । दिशा पिसाब बगेको फोहोर पानि पिउनु पर्ने भएका कारण रुघा खोकी र पखाला जस्तो समस्या बढी देखा पर्न थालेको स्थानिय बासिन्दा हिक्मत सिहँले बताए । यस प्रति समयमा नै सरोकारवाला निकायको ध्यान नजाने हो भने बालीबालिका तथा अन्य ब्यक्तीलाई कोरोनाको महामारी संग संगै फोहोर खानेपानीको समस्याले झन खतरा हुने बताए ।
यता चैनपुर खानेपानी उपभोत्ता समितीका अध्यक्ष लोकेन्द्र विष्टले लामो समय सम्म खडेरी भएका कारण खानेपानिको मुहान सकेको र पानी नै कम भएका कारण समस्या सृजना भएको बताए । उनले २२ करोडको लगानीमा चैनपुर शहरी खानेपानी योजना सि ए जे ए पि निर्माण सेवाले संचलान गरी रहेको बताए । उक्त खानेपानी निर्माणको कार्य पनी अन्तिम चरणमा पुगेकोले अबको एक महिना भित्र सबैको घरघरमा शुद्ध खानेपानी पुग्ने बताए । जती समस्या झेल्नु परेनी एक महिना सम्म मात्रै समस्या हुने र त्यसपछि खानेपानीको कुनै पनि समस्या नहुने लकडाउनका कारण अलि अलि निर्माण कार्यमा समस्या भएकोले ढिलाई भएको समेत उहाँले जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया