सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको मृत्युदर घटाउन सरोकारवालको जोड

डीवी विष्ट‚ बझाङ । बझाङ जिल्लामा गर्भवती तथा सुत्केरी र नवजात शिशुको मृत्युदरलाई घटाउन एउटा कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । सोमबार जिल्ला स्वस्थ्य कार्यलयले आयोजना गरेको मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रमको अभिमुखी करण कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिए । बझाङ जिल्लामा यस अघि नेपाल सरकार स्वास्थ्य कार्यलय अन्तरगत बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भए पनि शिशु तथा आमाको मृत्युदर भै रहेकोले अब यो कार्यक्रम अन्तरत  के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरीने भएको छ ।

हाल जिल्लामा सुत्केरी हुँदा गाह्रो भएका महिलाहरुलाई राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत सुत्केरी महिलाहरुको उद्धार भएर यस्ता महिलाहरुको मृत्यु शुन्यमा झरेको भएपनि तर नवजात शिशुको मृत्यु भने अझै रोकीएको छैन । अब एम.पि.डी.एस.आर. (मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य) कार्यक्रम जिल्लाका सबै स्वास्थ्य संस्था अन्तरगत समुदायमा लागु हुने भएपछि यस्तो खालको मृत्युदरलाई घटाउनका लागी स्वास्थ्य संघ संस्था बाट हुने प्राविधीक सेवा सेुविधालाई बढाउनु पर्ने र मृत्युको कारण खोजी यस्तो समस्या समाधानका लागी सबै पक्षले सहयोग गर्ने देखीएको छ ।

यसअघाडी पनि स्वास्थ्य संघसंस्था मार्फत बाल तथा मातृ स्वास्थ्य कार्यक्रम परिवार नियोजन कार्यक्रम सुत्केरी प्रोत्साहन भत्ता खोप कार्यक्रम जस्ता बाल तथा मातृ मृत्युदर घटाउने कार्यक्रमहरु पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरु बाट पनि संचालन भैरहेका छन् । बाल तथा मातृ मृत्युदर घटाउने खालका कार्यक्रमहरु  यसअघि सिमीत स्वास्थ्य संस्था मार्फत संचालनमा थियो, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख भानुभत्त जोशिले भने अब उक्त कार्यक्रम ब्यापक रुपमा समुदाय स्तरमा नै जाने भएकाले यस्तो खालको मृत्युदर घट्ने तथा शुन्यमा झार्ने अपेक्षा गरेको बताए ।

यो कार्यक्रम बाट अब स्थानीय तह साथै जिल्ला तहमा पनी जनप्रतिनीधी सहितको समिती समेत गठन गरीने भएको छ । कार्यक्रममा सहभागी सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कतीपय परिवार समाजका कारणले पनी मातृ तथा शिशु मृत्यु हुने गरेकाले अब यस्तो खालको मृत्युलाई रोक्न घरपरिवार समाज तथा स्वास्थ्यकर्मीहरुले निगरानी बढाउनु पर्ने बताए । स्वास्थ्य कार्यलयका प्रमुख भानुभत्त जोशिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका १२ बटै तहका स्वास्थ्य शाखा प्रमुख, पालिकाका प्रमुख सहित क्षेत्रीय स्वास्थ्य निर्देशनालयका पतिनिधी सहीत सरोकारवालाहरुको सहभागीता थियो ।

  • २० पुष २०७७, सोमबार ११:४२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU