पत्रकार महिलासंग अन्तरक्रिया "पत्रकार महिलाको सामाजिक तथा आर्थिक अबस्था "
धनगढी,२६ भदौं । धनगढी उप–महानगरपालीकाले हरितालिका तिजको अबसरमा धनगढीका पत्रकार महिलाको सामाजिक तथा आर्थिक अबस्थाका बिषयमा अन्तरक्रिया गरेको छ ।
अन्य क्षेत्र जस्तै पत्रकारीता क्षेत्रमा पनि सामाजिक सोच र मान्यताको नकारात्कम प्रभाव परेकाले त्यसका लागि स्थानीय सरकार संग मिलेर पैरवी गर्ने निश्कर्ष समेत पत्रकार महिलाहरुले निकालेका छन् । कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले अहिले पनि पत्रकार महिलाहरुको पेशागत र भौतिक सुरक्षा राज्यले दिन नसकेको बताए । उनले भने,‘एउटै मिडिया हाउसमा काम गर्ने पुरुष पत्रकार र पत्रकार महिलाहरुको पारिश्रमिक, पद तथा सम्मानमा बिभेद छ । यो सबै हाम्रो समाजको प्रभाव हो ।
धनगढी उप–महानगरपालीकाकी उप–प्रमुख सुशिला मिश्र भट्टले हाम्रो परंपरावादी समाजको प्रभाव पत्रकारीता क्षेत्रमा काम गर्ने महिलामा परेको बताईन । क्षमता भएर पनि अन्य क्षेत्र जस्तै पत्रकारीता क्षेत्रमा महिलाले उचित स्थान पाएका उप–प्रमुख भट्टले भनिन्‘यस बिषयमा पत्रकार महिलाले आवाज उठाउन सक्नुपर्छ । उनले कैलालीका पत्रकार महिलाको सामाजिक र आर्थिक अबस्था बुझ्न र ति समस्या न्यूनिकरण गर्नका लागि स्थानीय सरकारले के गर्न सक्छ भनेर अन्तरक्रियाको आयोजना गरिएको बताईन ।
डब्लुडब्लुजे कैलालीका अध्यक्ष उन्नती चौधरीले कार्यक्षेत्रमा पत्रकार महिलाहरु माथी बिभेद तथा हिंसा हुने गरेको बताईन । सेवा सुविधामा बिभेद, सम्मानमा बिभेद भैरहेको पनि चौधरीले बताईन । पश्चिम टुडे मिडिया हाउसका प्रवन्धक भुवन जोशी उपाध्यायले पत्रकार महिलाहरु पेशामा टिक्न नसक्नुमा सामाजिक तथा आर्थिक कारण भएको बताईन । कार्यक्रममा धनगढीका क्रियाशिल पत्रकार महिलाहरुको उपस्थीति रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया