खानेपानी मन्त्री बिना मगर कञ्चनपुरका पिडित परिवारको घरमा "पिडित परिवारलाई न्याय दिलाउने अाश्वासन "
लिलि कुँवर भाद्र १६ महेन्द्रनगर ।
कंञ्चनपुरकी बलात्कार पछि हत्यागरिएकी नगरपालिका उल्टाखाम स्थित निर्मला पन्त र आन्दोलनको क्रममा पुलिसको गोली लागेर शहिद भएका भिमदत्त नगरपालिका १८ सालघारीका शनि खुनाको घरमा खानेपानी मन्त्री बिना मगरले परिवारसंग भेटघाट गरेकी छिन।
खानेपानी मन्त्री बिना मगरसंग प्रतिनिधि सभा सदस्य डां. दिपक प्रकाश भट्ट, निरु पाल, प्रदेश सभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारको सहभागीता रहेको थियो । मन्त्री बिना मगरले परिवारसंग भेटघाट गरि घटनाको बारेका बुझेकी हुन । निर्मलाकी आमा दुर्गादेवि पन्त र सानी आमा रुदै सरकारले घटनाको छानबिन गर्दा खेरि पनि दाषी पत्तता नलागेको, दोषी अहिलेसम्म खुले आम घुमिरहेको गुनासो गरेका छन । मन्त्री बिना मगरले परिवारलाई सम्झाउदै सरकार घटना प्रति गम्भिर रहेको र दोषी पत्ता लगाउन लागि परेको बताईन । निर्मलाकी कान्छी आमा लक्ष्मीले भक्कानो छोडेर रुदा मन्त्री बिनाले अगाँलो हाल्दै सम्झाउदै, हिम्मत नहार्न अनुरोध गरिन । सरकारले निर्मला हत्याकाण्ड छानबिन गरि दोषीलाई कडा भन्दा कडा कार्वाही गराउन खानेमन्त्री बिना मगरले भनिन दोषी जो सुकैहोस कुनै पनि हालतमा उन्मुक्ति दिईदैन । यस्तै गरि खानेपानी मन्त्री बिना मगरले भीमदत्त नगरपालिका १८ सालघारीका शहिद शनि खुनाकी कान्छी आमा मञ्जु खुनालाई समेत भेटर दुःखद घटना प्रति समवेदना प्रकट गर्दै शहिद परिवारप्रति सान्त्वना देखाईन । घटना बारेमा प्रहरी प्रशासनसंग भेटघाट गरेर मन्त्री बिनाले घटनाको बारेमा जानकारी लिएकी थिईन । खानेपानी मन्त्री बिनामगरले बेल्डाडीमा बलात्कृत १७ बर्षीया किशोरी परिवारसंग भेटघाट गर्ने कार्यक्रम तय भएको बताएकी छिन।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया