माया बिकका परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय "कृष्णपुरकी कविता बिष्ट सरकारको नजर परिनन "
निराजन परियार, धनगढी ११ भाद्र । सामाजिक सञ्जाल र नागरिक स्तरबाट सरकारको चर्को आलोचना सुरु भएपछि बलत्कार पछि हत्या गरेकी माया बिकका परिवारलाई प्रदेश सरकारले ५ लाख दिने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश सातको मन्त्री परिषदको बैठकले कैलाली र कन्चनपुरमा भएका बलात्कारपछि हत्याका घटनाका पीडित परिवारलाई क्षतीपुर्ती दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रीको ठाडो प्रस्तावमा बैठकले २०७५ असाढ १२ गते गैरीगंगा नगरपालिका वडा नं. ११ कि २१ वर्षिया माया वि.क. को परिवारलाई पनि ५ लाख रुपया दिने निर्णय गरेको हो ।

उनको वलात्कार पछि हत्या गरिको हो । हत्यामा संगलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको परिवारलाई क्षतिपुर्ती नदिएको भन्दै प्रदेश सरकारको चर्को आलोचना हुँदै आएको थियो । यस्तै २०७५ श्रावण १० गते भिमदत्त नगरपालिका वडा नं. २ वस्ने १३ वर्षिया वालिका निर्मला पन्त को परिवारलाई पनि रु ५ लाख दिने भएको छ । उनको पनि वलात्कार पछि हत्या गरिएको थियो । पन्त हत्या प्रकरणमा भएको आन्दोलनका मृत्यु भएका भिमदत्त नगरपालिका वडा नं. १८ वस्ने १४ वर्षिय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले रु ५ लाख दिने निर्णय गरेको छ ।
तत्काल नेपाल सरकारले बलत्कार पछि हत्या गरेकी निर्मला पन्तलाई १० लाख दिने निर्णय गरेपछि माया बिक परिवारलाई सरकारले बिभेद गरेको भन्दै सामाजिक सञ्जालमा निकै चर्को आलोचना भएको थियो । चौतर्फी सरकारको आलोचना पछि सोमबार बसेको प्रदेश सरकारको मन्त्री मण्डलको बैठकले यस्तो निर्यण गरेको हो । तर सोही प्रकारबाट कृष्णपुरकी कविता बिष्ट अत्तरियामा सामान लिन आएको बेला ३ जना युवकले बलात्कार गरी हत्या गरिएकी बिष्ट भने प्रदेश सरकारको दृष्टिमा पर्न सकेन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया