ऐश्वर्यको १२ औँ वार्षिकोत्सवको अवसरमा क्याम्पस भवन उद्घाटन
धनगढी‚ ऐश्वर्य बहुमुखी क्याम्पसको १२ औँ वार्षिकोत्सवको समापन कार्यक्रमको अवसरमा नव निर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि विश्व अनुदान आयोगका सदस्य सचिव प्राडा देवराज अधिकारीले उद्घाटन गर्नु भयो ।

नव निर्मित भवनको प्रागढमा आयोजना गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि प्राडा देवराज अधिकारीले ऐश्वर्य बहुमुखी क्याम्पसको सफलताको कामना गर्दै ऐश्वर्य विध्या निकेतन हुँदै ऐश्वर्य बहुमुखी क्याम्पसले शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्न सकोस भन्ने कामना गर्नु भयो ।

ऐश्वर्य विध्या निकेतन हुँदै ऐश्वर्य बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवँम धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य डिल्लीराज पन्त‚ पुर्व साँसद महेश्वर पाठक‚ कैलाली बहुमुखी क्याम्पस पुर्वप्रमुख सुरेन्द्र चन्द लगायत विभिन्न विध्यालयका प्रधानाध्यापकहरु समाजका महत्पुर्ण व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
क्याम्पसको १२ औँ वार्षिकोत्सवको समापन कार्यक्रमको अवसरमा नव निर्मित क्याम्पस भवनको लागत प्रतिवेदन ऐश्वर्य बहुमुखी क्याम्पस प्राचार्य धर्मदेव भट्टले प्रस्तुत गर्नु भएको थियो ।
यस अघि सोही अवसरमा ३२ जना विद्यार्थीले रक्तदान गरेका थिए भने सहयोगी हातहरु संस्थाका अध्यक्ष बसन्त महरले ३२ जनाले रक्तदान र ७२ जनाको निःशुल्क रगत परिक्षण गरिएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया