घोडाघोडी युबा क्लब र मालीका चौलागाइ सेमिफाइनलमा

पहलमानपुर । कैलालीको गौरीगंगामा जारी बाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप फुटबल प्रतियोगितामा घोडाघोडी युबा क्लब सुख्खड र मालीका चौलागाइ एण्ड उत्कृष्ट ग्रुप साहारा पहलमानपुर सेमिफाइनलमा प्रबेश गरेका छन ।
मंगलबार भएका खेलहरुमा घोडाघोडी सुख्खडले सुदुरपश्चिम ११ स्पोर्टस क्लबलाई र साहारा पहलमानपुरले युनाइटेड युथ क्लब दाङलाइ पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका हुन ।
मंगलबारको पहिलो खेलमा घोडाघोडी क्लब सुख्खडले सुदुरपश्चिम ११ स्पोर्टस क्लबलाइ १–० ले पराजित ग¥यो । घोडाघोडिलाइ जित दिलाउने क्रममा सन्जोग महर्जनले निर्णायक गोल गरे । उत्कृष्ट प्रदसन गर्ने घोडाघोडीका बादल तामाङ खेलको म्यान अफ द म्याच भए ।
यसैगरी मंगलबारको दोश्रो खेलमा मालीका चौलागाइ एण्ड उत्कृष्ट ग्रुप साहारा पहलमानपुर युनाइटेड युथ क्लब दाङलाइ ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारीत समयको खेल २–२ को बराबरीमा रोकिएपछी खेल ट्राइब्रेकर सम्म पुगेको हो । खेलमा दाङका लागी अर्जुन नेपालीले दुइ गोल गरेका थिए भने एउटा आत्मघाति गोलको उपहार पाएको साहारा पहलमानपुरका लागि कमल देउबाले निर्णायक गोल गरेका थिए ।
दाङका अर्जुन नेपाली खेलको म्यान अफ द म्याच भए । प्रतियोगिता अन्र्तगत बुधबार १ खेल हुनेछ । बुधबार नेपालगञ्ज ११ र फारवेस्ट पसुपति क्लबका बिच खेल हुनेछ । यो खेलमा बिजयि हुने टोली सेमिफाइनल प्रबेश गर्नेछ ।
देशभरका १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउनेछन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उदयमान खेलाडीलाइ १०÷१० हजार प्रदान गरिने आयोजक कल्बका अध्यक्ष्म दिनेश कलेलले जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया