राष्ट्रिय प्राङ्गगारिक मेलामा गौमुल गाउँपालिकाले भाग लिने
रमित बि.क. बाजुरा १२ फागुन । बाजुराको गौमुल गाउँपालिका घट्मुनाले यस पटकको १२ औँ राष्ट्रिय प्राङ्गगारिक मेलामा भाग लिने भएको छ ।

काठमाण्डौ आयोजना गरिएकोे १२ औँ प्राङ्गगारिक राष्ट्रिय मेलमा गौमुल गाउँपालिका कृर्षि विकास शाखाले सहभागिता जनाउने भएको छ ।
कार्यक्रममा समग्र बाजुरा जिल्लाको सिंगो पहिचान हुने गरी तथा बिभिन्न किसिमका रैथाने बालीको प्रचार प्रसार र प्रर्दशनीका लागि कार्यक्रमका सहभागि हुने गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।
मानिसहरुको बाक्लो सहभागिता रहने ठाउँमा गौमुल गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरु कोदो,फाँपर,चिनो कागुनोका बिभिन्न परिकारहरु कार्यक्रममा प्रर्दशन गरिने गौमुल गाउँपालिका कृर्षि विकास शाखा प्रमुख रमेश बि.क.ले बताउनुभएको छ ।
कार्यक्रममा गौमुल गाउँपालिका ग्रामिण जलस्रोत व्यवस्थापनको समेत प्राविधिक सहयोग रहेको छ । वेबसाईटमा रहेको सुचनालाई आधारमानी आफुहरुले स्थानीय स्तरमा उत्पादन गरिएको रैथाने बालीका बिभिन्न परिकार,गाउँपालिकाको आर्गानिक सिमी बिक्री स्टल,कागुनो,मार्से,मुरेली मकै उतm कार्यक्रममा स्टलका रुपमा राखिने भएको छ ।
जिल्लाको राष्ट्रिय स्तरमै प्रतिनिधित्व गर्ने गरी कार्यक्रममा गाउँपालिकाले सहभागिता जनाउने भएको छ । मेला यहि फागुन १६ गतेदेखि १९ गते सम्म काठमाण्डौँमा सञ्चालन हुने भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया