सामुदायीक विद्यालयलाई बिश्वास गर्न नगरप्रमुखको आग्रह
धनगढी, २९ माघ । सामुदायीक विद्यालयलाई बिश्वस गर्न धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अभिभावक संग आग्रह गरेका छन् । धनगढी उप–महानगरपालिका १६ स्थीत बेहडाबाबा माध्यमिक विद्यालयको ५८ औं बार्षिकोत्सव कार्यक्रमको समापन समारोहमा बोल्दै नगरप्रमुख वडले यस्तो आग्रह गरेका हुन । शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षकहरु छन् । भौतिक पूर्वाधार सहित निशुल्क पठनपाठनको ब्यबस्था राज्यले गरेको छ नगरप्रमुख वडले भने,तर पनि अभिभावकहरुले नै सामुदायीक विद्यालयलाई बिश्वास गरेको छैन ।
नगरप्रमुख वडले पढाईको गुणस्तरमा सुधार गर्ने विद्यालयलाई सहयोग बढाएर दिने बताएका छन् । तपाईहरु शिक्षक सेवा पास गरेर आउनु भएका शिक्षकहरु हुनुहुन्छ नगरप्रमुख वडले भने, ब्यक्तिले भर्ना गरेका तपाईहरु भन्दा थोरै सेवा सुविधा दिने निजी विद्यालयका शिक्षकहरुले पढाउदा कसरी गुणस्तर राम्रो हुन सक्छ ? नगरप्रमुख वडले सामुदायीक विद्यालयका शिक्षक र अभिभावकका लागि यो चुनौतीको बिषय भएको बताए । उनले अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको विद्यालयको पढाई सुधार गर्न सामान भूमिका रहेको बताए । नगरप्रमुख वडले प्राविधीक बिषय पठनपाठन गराउनका लागि तयारी थाल्न पनि शिक्षक र अभिभावकहरु संग आग्रह गरेका छन् । नयाँ शैक्षिकसत्र बाट धनगढीका बढी भन्दा बढी विद्यालयमा प्राविधीक धारको पठनपाठन गराउने निति नगरपालिकाले लिएको बताए ।
बेहडाबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले विद्यालयमा पूर्वाधारको अभाव भएको बताए । उनले भने, विद्यार्थीको तुलनामा शिक्षक दरवन्दी समेत अभाव रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया