मदिरा सेवन गर्ने पैसाले छोराछोरीको पढाई खर्च गर्ने माग्ने बुढाको आग्रह
रमित बि.क.बाजुरा २६ माघ । चर्चित नेपाली हाँस्यकलाकार केदार घिमीरे (माग्ने) बुढाले मदिरा सेवन गर्ने पैसा छोराछोरीको पढाईमा खर्च गर्ने आग्रह गर्नुभएको छ ।

क्रिएटर जोन ऐकेडेमीको ७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार मार्तडी स्थित विद्यालय प्राङ्गगण दुनीमा कमेडीकै माध्यामबाट बोल्दै उहाँले यस्तो बताउनुभएको छ ।
हाँस्यबाग्यबाटै दर्शकहरुको मन जित्न सफल माग्ने बुढाले हालको अवस्था यसो हेर्दा बढी मदिरा सेवन गर्ने प्रबृति बढेकोले मदिराले छोराछोरीको उज्ज्वल भबिष्य नहुने हुदाँ सुनौलो भबिष्य शिक्षाबाट बाट सम्भव हुने बताउनुभएको छ ।
समाज विकास र शैक्षिक रुपान्तरणका अभियानमा सरिक हुँदै आएका माग्ने बुढाले बार्षिक उत्सव समारोहमा आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरेका छन् ।
हाँस्य टोली श्रृंखला मेरी बास्सैबाट चर्चित बनेका माग्ने बुढा पछिल्लो समय चलचित्रमा समेत अभिनय गर्दै आएका छन् । माग्नेले भने रक्सीले मातेर राती श्रीमतिलाई समेत तनाव दिने श्रीमान कायर बाहेक अरु नभएको उल्लेख गरेका छन् । उहाँले सुन्दर अनि प्रकृतिको भरिपूर्ण अनुपम ठाउँका रुपमा बाजुरा रहेकाले यहाँको प्राकृतिक स्रोत साधनको सही सदुपयोग गरे विकास सम्भव हुनेमा जोड दिएका छन् ।
माग्ने बुढाका साथ कार्यक्रममा टोली श्रृंखला भद्रगोलकी चन्द्रमुखी सितादेवी तिमिल्सेनाले पनि आफ्नो प्रस्तुती दिएकी थिईन् । कार्यक्रमलाई संबोधान गदैँ जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायाले शिक्षा ज्योति र ज्ञान भएकाले यसको कुनै सिमा नै नहुने बताउनुभएको छ ।
माग्नेको हाँसो संगै छोराछोरी पढाउनुपर्छ भन्ने नासोँ समेत लिएर जान कार्यक्रममा उपस्थिति सबैले आग्रह गर्नुभयो । हालको जमना अनुसारको शिक्षा प्राप्त गर्नेका लागि हामीले बोडिङ्ग स्कलले शिक्षामा गुणस्तरियता दिए नदिएको अभिभावहरुले नियमित रेखदेख जानकारी लिनुपर्नेमा जोड दिदैँ हरेक क्रियाकलापमा गरेको प्रगति प्रति क्रिएटर जोन ऐकेडेमीलाई धनयवाद समेत दिनुभएको छ ।
क्रिएटर जोन एकेडेमी बोडिङ्ग स्कुलका प्रिन्सिपल मीन बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया र चर्चित नेपाली हाँस्यकलाकार केदार घिमीरे माग्ने बुढाले सयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । हजारको संख्यामा आएका दर्शकहरुले दिनभर चर्चित नेपाली हाँस्यकलाकार केदार घिमीरे (माग्ने बुढा) र टोली श्रृंखला भद्रगोलकी (चन्द्रमुखी) सितादेवी तिमिल्सेनाका प्रस्तुतीहरुमा झुम्मिएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया