सुदूरपश्चिमेली नेपाली समाज जापानको सपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न

भवानी भट्ट, जापान १ अगस्त । सुदूरपश्चिमेली नेपाली समाज जापानको आठौँ महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

यसै अवसरमा समाजप्रति निरन्तर माया, साथ, सहयोग र मार्गदर्शन प्रदान गर्दै आउनुभएका आदरणीय अग्रज व्यक्तित्वहरूलाई सम्मान सम्मान गरिएको थियो । सो अवसर सुदूरपश्चिमेली नेपाली समाज जापानले गरेको सम्मान प्रति सम्मानित हुनेहरुले समाज प्रति आभार व्यक्त गरेका थिए ।

साथै गरिमामय कार्यक्रममा आफ्नो अमूल्य समय निकालेर उपस्थित भई कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, अतिथिज्यूहरू, शुभेच्छुकहरू, स्वयंसेवकहरू तथा सहयोगी सबैमा सुदूरपश्चिमेली नेपाली समाज जापान परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

आगामी दिनहरूमा पनि निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा सुदूरपश्चिमेली नेपाली समाज जापानले गरेको छ ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया