शिखर नगरपालिकामा सामुदायिक मेलमिलाप सम्वन्धि तालिम सम्पन्न
डोटी ११ माघ । शिखर नगरपालिका डोटीमा सामुदायिक मेलमिलाप सम्वन्धि आठ दिनको तालिम सम्पन्न भएको छ ।

शिखर नगरपालिका डोटीले तालिमको आयोजना गरेको शिखर नगरपालिकाका सामुदायिक मेलमिलाप सहजकर्ता दिनेश वलायरले जानकारी दिएका छन ।
नगरपालिकाका प्रत्यक वडा स्तरमा गठन गरिएका मेलमिलाप समितिका पदाधिकारी मध्यवाट तालिममा सैतिस जनाको सहभागिता रहेको सहजकर्ता वलायरले वताए । तालिम मेलमिलाप कर्ता उत्पादन गर्ने उच्च स्तरको रहेकोले तालिम पश्चात स्थानिय स्तरमा प्रत्यक व्यक्ति मेलमिलाप सहजकर्ताको भूमिका निर्वाह गर्ने तालिमका प्रशिक्षक रोहित देउवाले वताए ।
तालिम मेलमिलाप सहजकर्ताले समुदायमा मेलमिलापका लागि खेल्नु पर्ने र चाहिने ज्ञान पूर्णरुपमा प्रक्षिक्षण गराइएको प्रक्षिक देउवाले वताए । समापन कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख शिताराम जोशीले सामुदायिक मेलमिलाप तालिमवाट सवै वडामा मेलमिलापको क्षेत्रमा दक्ष जनसक्ती तयार भएको वताए ।

समाजका हरेक गतिविधिमा सक्षम जनसक्तीले चासो र चनाखो हुनु पर्नेमा समेत प्रमुख जोशीले जोड दिए । सामुदिक मेलमिलाप कार्यमा नगरपालिका सधै साथमा रहेको समेत उनले वताए । त्यसै गरि कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी कार्यक्रममा शिखर नगरपालिकाका उप प्रमुख धौली देवि रावलले तालिमवाट उत्पादन भएका जनसक्तीले न्यायिक समितिलाइ नै सजिलो हुनेमा विश्वास व्यक्त गर्नु भयो । अव वडा र स्थानिय स्तरमा नै विभिन्न विवाद मेलमिलाप हुने भएकाले न्यायिक समितिलाइ स्थानिय विवादको भार नै कम हुने वताए ।
मेलमिलापको भुमिकामा सधै सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा तालिम सहभागिको तर्फवाट लाल व महराले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा नं ८ का अध्यक्ष शिद्ध व वलायर , वडा नं २ का अध्यक्ष ऋशिराज जोशी, पत्रकार महासंघ डोटी शाखा का अध्यक्ष योगेन्द्र वलायरको उपस्थिति रहेको थियो । तालिमको सहजिकरण अधिवक्ता गणेश कठायत, रोहित देउवा र गोविन्दराज जोशीले गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया