सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

२० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

खेम राज खनाल, काठमाण्डौ ५ असार । महोत्तरीको बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ ।

नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो । नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीका अनुसार बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो ।

यसले कानुनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको छ । यसअघि २०८० साल चैत ५ गते नगरले मुसहर समुदायलाई लक्षित गर्दै उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको थियो । नगर कार्यपालिकाको अभिलेखअनुसार हालसम्म बर्दिबास–१२ का एक जोडीले मात्र यो रकम प्राप्त गरेका छन् ।

नगरपालिकामा १४ वडा रहेका छन्, जसमध्ये अधिकांश वडामा मुसहर समुदायको बसोबास छ । तर प्रोत्साहन कार्यक्रम अन्तर्गत हालसम्म न्यून मात्र सहभागिता देखिनुका कारण बालविवाह अझै पूर्ण रूपमा अन्त्य नभएको सङ्केत मिल्ने सामाजिक–राजनीतिक कार्यकर्ता देवनारायण महतोले बताउनुभयो ।

झण्डै एक लाख जनसङ्ख्या रहेको बर्दिबास नगरपालिकामा हालसम्म १३ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् भने बर्दिबास–१२ मात्र बाँकी छ । नगरले ल्याएको नयाँ व्यवस्थाअनुसार २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई प्रोत्साहन रकम दिने कार्यक्रमले सामाजिक सचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै मुसहर समुदायका लागि भने यसअघि जस्तै पुरुष र महिलालाई छुट्टै प्रोत्साहन दिने व्यवस्था यथावत् राखिएको मेयर क्षेत्रीले स्पष्ट पार्नुभयो । नगरपालिकाको यो निर्णयलाई महिला अधिकारकर्मीहरूले सामाजिक सुधारतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् ।

  • ५ असार २०८३, शुक्रबार १५:४९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लिभ-इन रिलेसनशिपप्रति सामाजिक बहस: आर्थिक, नैतिक र सुरक्षाका प्रश्न फेरि चर्चामा
    आम्दानी अठन्नी खर्च रुपैया एक रोचक कथा
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU