सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

हल्दिबारीमा हावाहुरी : पाँच घर तथा विद्यालयमा क्षति

खेम राज खनाल, झारा १४ चैत । गएराति आएको हावाहुरी र वर्षासहितको मौसमले हल्दिबारी गाउँपालिका–१ गोलधापस्थित रामजानकी टोलमा व्यापक क्षति पुर्‍याएको छ।

स्थानीयका अनुसार हावाहुरीले पाँचवटा घर तथा एक विद्यालय भवनमा क्षति पुर्‍याउँदा करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

५० वर्षीय यामबहादुर भुजेलको टिनको छानो र बासको बेराले बनेको भुइँ घर पूर्णरूपमा ढलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, राजकुमार सुहाङ लिम्बूको समान प्रकृतिको घर पूर्णरूपमा क्षति हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।

यसैगरी, श्री गरमकाली आधारभूत विद्यालयको दुईतले पक्की भवनको टिनको छानो उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

जीवन राईको बासको बेराले बनेको टिन छानो भएको भुइँ घर पूर्णरूपमा क्षति हुँदा ७० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ भने कमला कुमारी लिम्बूको घर पनि पूर्णरूपमा क्षति भई १ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

हावाहुरीबाट प्रभावित परिवारहरू अहिले अस्थायी बसोबासको खोजीमा रहेका छन्। स्थानीय निकाय तथा सम्बन्धित निकायबाट क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको पहल भइरहेको जनाइएको छ।

  • १५ चैत्र २०८२, आईतवार ०७:३६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU