सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

देउवा निवासमा शेखर कोइरालासहितको छलफलमा के भयो कुरा ?

 काठमाडौं २४ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा नेता डा. शेखर कोइरालासहित पदाधिकारीहरूको छलफल भएको छ ।

छलफलमा कोइरालाले पार्टी फुटको पीडा बोकी नसक्नुको हुने भन्दै फुट जोगाउन सबैले आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरेका थिए । पार्टी विभाजनबाट कति मानिस जान्छन् भन्ने हिसाब गर्नु दुःखद हुने भन्दै उनले विभाजनले सन्देश नै गलत दिने बताएका थिए ।

बिहान सभापति देउवासँग डेढ घण्टा संवाद गरेका कोइरालाले आफ्नो प्रस्तावमा संस्थापन पक्षको राय मागेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार सभापति देउवाले पनि मिलाउने प्रयासका लागि अगुवाइ गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालालाई नै आग्रह गरेका छन् ।

“सकेसम्म मिलाएर लैजान पहल गर्नुहोस् । उनीहरू पार्टी छोडेरै जान तयार भएका होइनन् भने समझदारीमा आउनेछन्,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, “पार्टीकै बैठकबाट औपचारिक आह्वान गर्नुहोस् । व्यक्तिगत पहल पनि जारी राख्नुहोस् ।”

देउवाले पार्टी फुटमा नजाओस् भन्ने पक्षमा आफूले पनि प्रयत्न गर्ने बताएका थिए । देउवा निवासको बैठकपछि सबै नेता कार्यसम्पादन समितिको बैठकका लागि सानेपातर्फ लागेका छन् ।

 

  • २४ पुष २०८२, बिहीबार १९:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !
    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU