अभिभावक शिक्षक सम्मेलन सम्पन्न
धनगढी । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावक शिक्षक सम्मेलन जनता आधारभूत विद्यालय धनगढी—३ विशालनगर र सिद्धनाथ मावि धनगढी—१२ जुगेडामा शुक्रवार सम्पन्न भएको छ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत संम्पन्न उक्त कार्यक्रम अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावक बिच नियमित छलफल गरी गुणस्तरीय शिक्षाको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।
कार्यक्रमको उद्धेश्यका वारेमा अधिकुत राजेन्द्र रैकाले प्रकाश पार्नुभएको थियो ।

सम्मेलनमा धनगढी उपमहानगरपालिका नगरकार्यपालिका सदस्य प्रेम विकले प्रारम्भीक तहका विद्यार्थीहरुको पठन सिप र गुणस्तरीय शिक्षामा पर्याप्त सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभिभावकहरूसग आप्mना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आप्mना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्पm केन्द्रित गराउन वारमा संवाद गरिएको थियो ।
कार्यक्रममा धनगढी उपमहनगरपालिका वडा नं १२ का वडा सदस्य विर्ष वहादुर सिँह,धनगढी उपमहानगरपालिका वडा नं ३ का का.वा.अध्यक्ष नारायण प्रसाद पाण्डेय सिद्धनाथ माविका प्रधानाध्यापक प्रेम शाही,जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धन वहादुर सिह,लगायतकाले मन्तव्य राखेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया