सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुन्दर भविष्य लागी जिवन विमा आवश्यक : धुर्मुस, सुन्तली

प्रकाश बम,डोटी । सुन्दर भविष्य बनाउनका लागि जीवन विमा अहिलेको आवश्यकता रहेको नेपालका चर्चित हाँस्यब्याङग्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) ले बताएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी डोटी उप शाखाले शनिबार दिपायलमा आयोजना गरेको बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा वोल्दै सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार (धुर्मुस)ले जीवन विमा गरेर सुन्दर भविष्य बनाउन सुझाव दिएका हुन् । उहाँले सुदुर पश्चिममा रहेको कुरुति विरुद्ध विमा गर्न समेत जोड दिएका छन् । जाँड रक्सी बिँडी–चुरोट खाने पैसा बचत गरेर बिमा गर्दा सवैको भविश्य सुनिश्चत हुने समेत धुर्मुसले बताए । त्यस्तै सोही कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता तथा हास्यकलाकार कुन्जना घिमिरे (सुन्तली)ले महिलाले आफू माथि हुने अन्यायको विरुद्ध जागरुक हुनुपर्नेमा जोड दिए । सुदुर पश्चिममा अहिले पनि गाउँ घरका महिलाहरु घाँस दाउरा र घरायसी काममा बढी ब्यस्त हुने गरेको भन्दै जीवन बिमा अहिलेको आवश्यकता रहेको उनलेे बताए। धुर्मुस–सुन्तली फाउण्डेसन मार्फत समाजिक क्षेत्रमा ठुलो टेवा पुर् याउँदै आएको उक्त जोडीले सुदूरपश्चिममा पनि जनता भित्र धेरै पिडा र समस्या रहेको भन्दै आगामि दिनमा यहाँका जनताले साथ र सम्वनय गरे अन्य ठाउँ जस्तै सुदूरपश्चिममा पनि सामाजिक क्षेत्रमा काम गर्ने कलाकारद्वयले बताए । बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रममा बोल्दै दिपायल सिलगढि नगर पालिकाका नगर प्रमुख मन्जु मलासिले यश अभियानले जनतामा केही सहजता आउने बताइन् । धुर्मुस सुन्तलि फाउन्डेसनले गरि रहेको कामको उनलेे प्रसंसा समेत गरिन् । त्यस्तै सोही कार्यक्रममा बोल्दै सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनिका प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद गौतमले सुन्दर भविष्यका लागि बतच आवश्यक रहेको र विमाले सुखी जीवनका लागि भूमिका खेल्ने बताए । बीमा कम्पनीले जिल्लाका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको डोटी उप साखाका प्रमुख गणेश कठायतले बताए । अहिले जीवन बिमा गर्नेको सङ्ख्यामा दिनानुदिन वृद्धि हुँदै गएकाे प्रमुख कठायतले बताए ।

  • २१ पुष २०७५, शनिबार १५:१२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU