सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भ्रामक समाचार प्रकाशन गरेको भन्दै प्रेस विज्ञप्ती

कैलाली २० पुष । बझाङको “विथ्थडचिर गाँउपालिका जनप्रतिनिधिले आफ्ना मान्छे समितिमा नभएको भन्दै जनप्रतिनिधिलेनै रोके सडक निर्माणको सम्झौता” भनेर विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचार भ्राामक र तथ्यहिन भएको भन्दै गाउँपालिकाले विज्ञप्ती प्रकाशन गरेको छ ।
व्यक्तिगत पुर्व आग्रही ढंगले गाउँपालिका उपाध्यक्षको चरीत्र हत्या गर्ने मनसायले समाचारमा तथ्यहिन कुराहरु जोडेर जनमानसमा भ्रम फैलाउने किसिमले फैलिएको नक्रात्मन सुचना प्रति समग्र गाउँपालिको ध्यानार्कषण भएको गाउँपालिका प्रवक्ता हर्क धामीले बताए ।
वडा नम्बर ९ को धारी डोबा ग्रामिण सडक उपभोक्ता समिति गठन पक्रियामा एकलौटी रुपमा गरेको भन्दै २–३ जनाले गाउँपालिका न्यायिक समितिमा निवेदन दर्ता गराएको र त्यसको छानबिन गर्न कही समय लागेकोले सम्झौता हुन ढिलाई भएको विज्ञप्तीमा उल्लेख छ ।
कार्यपालिकाले समेत उक्त गठीत समितिलाईनै आधिकारीकता दिने भन्दै निर्णय गरेको र कर्मचारी कार्यालय बाहीर भएर सम्झौताको काम ढिलाई भएको अवस्थामा समतिाका सचाव अमर बिष्टले दर्ता भैसकेको फाईल कार्यालयमा आएर च्यात्नु अनैतिक कार्य भएको गाउँपालिकाको ठहर छ ।
पारिवारिक आन्तरीक विवादलाई लिएर वडा नम्बर ९ का अध्यक्ष कलक बिष्ट र समितिका सचिव अमर बिष्टले समग्र गाउँपालिका जनप्रतिनिधिको चरित्र माथि आच पुग्ने गरी सञ्चार माध्यममा भ्रम फैलाएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराको दाबि छ ।
उने वडा अध्यक्ष बिष्टलाई आफुले मिडिया संग बानलेको तथ्यहिन कुरा प्रमाण्ीत गरेर देखान चुनौती संगै आम जनमानसमा भ्रामक समाचार नफैलाउन समेत आग्रह गरेकी छन् ।
गाउँपालिकाको सो ग्रामीण सडकका लागी ५८ लाख रुपैयाँ समितिसँगै सम्झौता गर्ने निर्णय भएको समेत उपाध्यक्षले जानकारी दिईन् । उपभोक्ता समिति गठन गर्दा तीनजना वीरबहादुर ढाँट, राईभान बोहरा र मोहन बोहराले उम्मेद्धारी दिएका थिए । कुनै सहमति अर्थात बहुमतिय पक्रियामा नगई वीरबहादुर ढाँटलाई उपभोक्ता समितिको अध्यक्ष चयन गरिएको भन्दै अन्य दुई जनाले निवेदन दिएका थिए ।

  • २० पुष २०७५, शुक्रबार ०६:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU