सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

छोराको नाम सुन्दा भकानिएर आयो मन

डोटी १५ पौष । एशियन लाईफ ईन्स्योरेन्स शाखा कार्यालय दिपायलमा आएकी एक महिला जो हुन धौली कुमारी बिष्ट (बलायर) उनि आफ्नो मृतक छोराको मृत्यु दावी रकम बुझन भनि एशियन लाईफ ईन्स्योरेन्स शाखा कार्यालय दिपायलमा आई पुगिन । उनि कार्यालयको एक तर्फ हेरेर मात्रै बसेकि थिईन । उनको आँखामा आँखाभरी आँशुले भरीएको थियो ।


कार्यालयका कार्यालय प्रमुख १० मिनेट उनि भन्दा काम बिशेष ढिलो आईपुगे । उहाँले कार्यालय प्रमुखलाई देख्दा जुम्ला हात गर्दै नमस्ते भनिन् नमस्ते नर्फकाउँदै बलायरले सुनसान बनेको कार्यालय एक्कासी रुमालियो र कार्यालयमा भएका कर्मचारीहरु हतपत गरी कार्यालय प्रमुख बस्ने कोठा तर्फ लागे र त्यहाँ पुग्दा त झनै रुईन । अनि कार्यालय प्रमुख नवराज पण्डितले उहाँलाई सम्झाउँदै भने नरुनु होस जे हुनु थियो भईहाल्यो अब रुएर केहि हुँदैन ।

आफुलाई समाल्ने प्रयास गर्नुहोस । अनि बलायर संगै आएका उनको श्रीमान प्रेम बहादुर बलायरको पनि आफ्नो आँखाको परेली भरी आँसु राख्दै आफ्नी श्रीमती बलायरलाई सम्झाउन गए । उनले भने अब हामीले रोयरकारायर केहि हुँदैन बरु हामीले अबका दिन कसरी गुजार्ने भन्ने बारे सोच्नु पर्छ भन्दै आफ्नी श्रीमती बलायरलाई सम्झाए ।


गएको मंसिर महिनाको ८ गते डडेल्धुरको उग्रतारा (जाँत) मेला हेर्न भनि शिखर नगरपालिलकामा रहेको पिसजोन एकेडेमी बोर्डिङ स्कुलले मेला हेर्न भनि बिद्यालयको स्कुल बस लगर डडेल्धुराको उग्रतारा मेला हेर्न गए । मेलामा सबैले रामाए ।

आँउने बखतमा स्कुल बसमा क्षमता भन्दा बढी यात्रु बोकेर फर्कियो फर्किदै गर्दा डडेल्धुराको रडुवाको वरालोमा बसको ब्रेक फेल भएर करिब १ सय मिटर गाडी तल खसेको थियो । त्यही गाडीमा सवारमा रहेका धैरे जनाले अकालमै ज्यान गुमाए त्यसमा जो एक थिए धौली कुमारी विष्ट(बलायर)का छोरा ललित बलायरले पनि अकालमै ज्यान गुमान पुगेका थिए ।

बलायरका छोराको एशियन लाईफ ईन्स्योरेन्स कम्पनीमा १ लाखको आफ्नो जिवन बिमा गराएका थिए । उनले एक लाखको बिमा गराएर आफ्नो तर्फ बाट ३० हजार मात्रै कम्पनीलाई बुझाएका थिए । उनको मृत्यु पश्चयात उनले एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले एक लाख २७ हजार १ सय रुपियाँका चेक हस्तानत्रण गरे ।
मृत्यु दावी रकम हस्तानत्रण गर्दा कार्यालयका कार्यालय प्रमुख नवराज पण्डितले भने हामी तपाईकै घर दैलोमा आएर यो रकम हस्तानत्रण गर्ने भनेर सोचेका थियौं तर हजुर नै यहाँ आउनु भयो । हाम्रो चहाना भनेको ग्राहकका घर दैलोमा गई उहाँहरुलाई सहज बनाउनका लागी र तपाईहरु लाई कुनै किसिमको अप्ठयारो नपरोस भन्ने चाहानाका लागी हजुरहरु कै घर दैलोमा आउँछौं ।
मृत्यु दावीको रकम हस्तानत्रण गर्दा पनि मृतक स्वर्गीय ललित बलायरकी आमा र बुबाले आँखा बाट आँशु झार्दै भने मेरो मृतक छोराको नाम सुन्दा हाम्रो मन थाम्नै सकेनौं । हाम्रो मन भकानिएर आयो ।
मृत्यु दावीको रकम हस्तानत्रण गरी सकेपछि नेपालपथका पत्रकार मोहन पनेरुले उहाँलाई बिमाका बारेमा सोध्दा उहाँले भने
पहिले त बिमा कम्पनी भनेको लुटेर भाग्ने संस्था हो भनेर गाउँमा धेरै हल्ला थियो । मैले पनि छोरोको बिमा गर्दा सबैले यस्तै भन्थे तेरो पैसा सबै खेर गएको हो भनेर भन्थे । अनि बिमामा पैसा तिरी सकेपछि होस या बिमा गर्ने व्यक्तिको मृत्यु भयो भने आलटाल गरेर जान्थे भनेका थिए ।

तर मैले सोच्थे कि बिमा कम्पनीहरु त्यस्ता होईन्न भनेर बिस्तारै बुझ्दै जाँदा आफ्नो लगायत छोरा छोरीहरुको बिमा गर्नु आवश्यक रहेको प्रमे बलायरले बताए ।
जब आफुलाई यस्तो समस्या परो अनि थहापाए । गाउँमा चल्ने बिमाका बारेमा उल्टा कुरा चलि रहन्थे । तर बिमा कम्पनी भनेको एक ईमान्दार संस्था रहेछ । हामीलाई यो रकम बुझादा केहि समय दुई चार दिन मात्रै पर्खिनु परेको थियो । काम भने सहजै तरीकाबाट बनाईदिनु भएको थियो ।

  • १५ पुष २०७५, आईतवार १०:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU