सहारा र सुदुरपश्चिम–११ सेमिफाईनलमा, आयोजकको पनि जित "चौथो फारवेष्ट पशुपति कप २०७५ "
धनगढी ११ पुष । सहारा युवा क्लब पहलमानपुर र सुदुरपश्चिम–११ स्पोर्टस क्लब सात लाख धनराशीको फारवेष्ट पशुपति कपको चौथो संस्करणको सेमिफाईनलमा पुगेका छन् । सहाराले गौरीगंगा–११ स्पोर्टस क्लबमाथि र सुदुरपश्चिम–११ ले नवदुर्गा युवा क्लबलाई हराउँदै सेमिफाईनल पुगेका हुन् ।
बुधवार धनगढी रंगशालामा भएको तेस्रो खेलमा सहाराले गौरीगंगा–११ स्पोर्टसलाई ६–० को फराकिलो अन्तरले हराएको हो । सानदात जितमा जनक लिङगेल र उमेश रेग्मीले दुई दुई गोल गरे । जनकले पहिलो हाफको ७ औं मिनेट र दोस्रो हाफको १८ औं मिनेटमा गोल गरे । उमेशले दोस्रो हाफको १२ औं र १६ औं मिनेटमा गोल गरे । सहराका लागि दोस्रो हाफको २३ औं मिनेटमा मोहन थापा र २८ औं मिनेटमा रितेश मल्लले गोल थपे ।
बुधवार भएको दोस्रो खेलमा भने सुदुरपश्चिम–११ स्पोर्टस क्लबले नवदुर्गा युवा क्लबलाई १–० ले पराजित गरेको छ । दश खेलाडीमा सिमित नवदुर्गालाई हराउने क्रममा सुप ११ का सन्देश सुनारले दोस्रो हाफको १७ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ द म्याच भए । नवदुर्गाका चक्र चिमलाले दोहोरो पहेलो कार्ड पाएपछि नवदुर्गा पहिलो हाफको २८ औं मिनेटपछि १० खेलाडीमा सिमित भएको थियो । चक्रले पहिलो हाफको ८ औं र २८ औं मिनेटमा पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए ।

प्रतियोगिता अन्तर्गतको लिग चरणको अन्तिम र वुधबार भएको पहिलो खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले जित्यो । जोानापुरको मदरल्याण्ड युवा क्लबलाई २–० ले हराउँदै आयोजक टोली क्वाटरफाईनल पुगेको हो । फारवेष्टका लागि पहिलो हाफको ७ औं मिनेटमा कुँवेर सिंह र दोस्रो हाफको १४ औं मिनेटमा चेतन कठायतले गोल गरेका थिए ।
पुस १४ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत भोली क्वाटरफाईनलका दुई खेल हुनेछन् । पहिलो खेलमा पिएफए अत्तरीया र मनकामना युवा क्लब प्रतिस्पर्धा गर्नेछन भने दोस्रो खेलमा अअयोजक फारवेष्ट पशुपति युवा क्लब र नव बुद्ध युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार पाउने छन् । प्रतियोगिता धनगढी रंगशालामा पुस १४ गतेसम्म सञ्चालन हुने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया