सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोज्यो : पत्रकार पाठक

दकाठमाडौँ ३० जेष्ठ । पत्रकार दिलभुषण पाठकले समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोजेको बताएका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै पत्रकार पाठकले प्रेस काउन्सिल नेपालमा निवेदन दिँदै आफूलाई विद्युतीय अपराध ऐन आकर्षित गरेर कारबाही गर्न खोजिएकाले गम्भीर आशंका उब्जिएको बताएका हुन् ।

टफटक विथ दिलभुषण पाठक नामको युट्युब च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । सम्बन्धित प्रहरी अधिकारीले भने यसबारेमा कुनै स्पष्ट जानकारी नदिएको र उजुरीका बारेमा केही नखुलाएको पाठकको भनाइ छ ।

‘मैले प्रसारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीहरुले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ,’ पाठकले निवेदनमा भनेका छन् ।

पत्रकार पाठकले आफूविरुद्ध लगाइएका आरोप र उठाइएका प्रश्नहरूबारे जानकारी नपाएकाले प्रेस काउन्सिलसँग सहयोग पनि मागेका छन् । उनले निवेदनमा अगाडि भनेका छन्, ‘अहिलेसम्म औपचारिक रुपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । योसँगै समाचार सामग्री प्रसारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’

जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

-कान्तिपुरबाट

  • ३० जेष्ठ २०८२, शुक्रबार १३:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !
    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU