सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘बास’ कैलालीको आयोजनामा विद्यालयबिच वक्तृत्वकला

कैलाली, पुष ६ । बागेश्वरी असल शासन क्लब ९बास० कैलाली शाखाले गोदावरी नगरपालिकामा माध्यमिक तहका विद्यालयबिच वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

‘सुशासन प्रवद्र्धनमा युवाको भूमिका’ भन्ने विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा नगरपालिकाका ७ वटा माध्यमिक विद्यालयको सहभागिता थियो । बागेश्वरी असल शासन ९बास० कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साउँद थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख साउँदले सुशासन लागू गर्नु प्रत्येक नागरिकको समान जिम्मेवारी रहेको बताए । उनले भने, ‘भ्रष्टाचार मुक्त समाज निर्माणमा हामी सबैको उत्तिकै भूमिका रहेको छ, बोली ब्यवहारमा मात्र नभएर ब्यवहारमा पनि लागू गर्नु पर्ने हुन्छ ।’ देशलाई समृद्धि बनाउन सुशासनको आवश्यकता पर्ने भएकोले भ्रष्टाचार न्यूनिकरण गर्न सबैले एकजुट हुनुपर्ने मेयर साउँदे बताए ।

संस्थाका अध्यक्ष पुजाराले बास कैलालीले भ्रष्टाचार र सुशासनका क्षेत्रमा देशका ७२ जिल्लामा नितान्त सामाजिक कार्य गरिरहेको बताए । ‘सुशासन प्रवद्र्धनमा युवाको भूमिका’ विषयमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा दुर्गालक्ष्मी माध्यमिक विद्यालयका छात्र करन धामी प्रथम, सरस्वती माध्यामिक विद्यालयका छात्रा रबिना धानुक द्धितिय, शारदा मावि श्रीपुरका छात्र कमल टमटा तृतिय र सिद्धबाबा मावी गेटीका छात्र टेकराज जोशी सान्त्वना भएका थिए । प्रतिस्पर्धाका उतकृष्ट प्रतियोगिहरुलाई शैक्षिक सामग्री सहित प्रमाण पत्रको वितराण गरिएको थियो ।

संस्थाका सदस्य केशव बिष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राखेको कार्यक्रममा दुर्गालक्ष्मी माबिका प्राचार्य शिवराज जोशी, बागेश्वरी असल शासन कैलाली शाखाका सल्लाहकार प्रेम ढुंगाना, गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपसचिव सुर्यबहादुर सिंहले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका मिडिया संयोजक सन्तोष रोकायाले गरेका थिए ।

  • ६ पुष २०७५, शुक्रबार १४:४२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU