नेपाली काङ्ग्रेस डोटीद्वारा शाेक बत्तब्य
प्रकाश बम,मंसिर ७ डोटी, नेपाली काङ्ग्रेस डोटीले बिहीबार साँझ भएको बस दुर्घटनाप्रति शाेक बत्तब्य जारी गरेको छ ।
नेपाली काङ्ग्रेस डोटीले आज एक विज्ञप्ति जारी गरी डा. के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा भएको दुर्घटनाप्रति दु:ख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।
- नेपाली काङ्ग्रेस डोटीका सचिव नारायण जाेशि द्वारा हस्ताक्षर शाेक बत्तब्यमा बस दुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना साथै घाइतेहरुको तत्काल उपचार लागि राज्यसङ्ग जोडदार माग समेत गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया